Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

‘थिमेट्रीकल स्केच फोटो’ सार्वजनिकसँगै राजेश हमालकाे फिल्म ‘सत्यम’काे अडिसन कल


‘थिमेट्रीकल स्केच फोटो’ सार्वजनिकसँगै राजेश हमालकाे फिल्म ‘सत्यम’काे अडिसन कल

अभिनेता राजेश हमालको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘सत्यम’को ‘थिमेट्रीकल स्केच पोस्टर’ सार्वजनिक गर्दै अडिशन कल गरिएको छ । पोस्टरमा हमाललाई महानायक लेख्दै उनको स्केच फोटो राखिएको छ । ‘सत्यमः राईजिङ अफ दि हिरोज’ लेख्दै फिल्मको शीर्षकलाई परिभाषित पनि गरिएको छ ।

फिल्ममा ‘ह्यान्डसम भिलेन’ को रुपमा परिचित अभिनेता अनुपविक्रम शाहीको पनि अभिनय रहनेछ । फिल्मको शीर्ष चरित्रमा हमाल देखिनेछन् भने खलपात्रको रुपमा अनुपको उपस्थिति हुनेछ ।

फिल्मका निर्देशक शंकर कार्कीले अनुपको चरित्रको लुक्ससहित छिट्टै पोस्टर सार्वजनिक गरिने बताए । फिल्मका निर्माता रेशम सापकोटाका अनुसार फिल्ममा पल शाह र उपासना सिंह ठकुरीको पनि अभिनय रहनेछ । टुडी प्रविधिमा निर्माण हुने फिल्ममा अभिनय गर्न अभिनेता हमाल आठ महिनापछि सहमत भएका थिए । यसअघि फिल्म ‘सौर्य’मा राजेश र अनुप एकसाथ देखिएका थिए ।

निर्माण पक्षले अडिसनबाट दुई मुख्य पुरुष तथा दुई मुख्य महिला कलाकार छनोट गर्नेछ । उनीहरुबाहेक अन्य २२ कलाकारहरु पनि छानिनेछन् । अडिसन काठमाडौंमा माघ १९ गते, पोखरामा माघ २३ गते, बुटवलमा माघ २५ गते र झापामा माघ २७ गते अडिशन हुनेछ ।

रेशम सापकोटाको लेखन रहेको फिल्ममा एशोसएट निर्माता श्याम मल्ल र गणेश पौडेल छन् । रेशम गौतम र कृष्ण अधिकारी सहनिर्माता रहेको फिल्ममा कुटुम्ब ब्याण्डसँगै योगेश काजी र गणेश पौडेलको संगीत, विदुर पाण्डे ‘नवीन’को डीओपी र अष्टमान महर्जनको द्वन्द्व हुनेछ ।

1

कांग्रेसलाई पदको लोभ छैन तर प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि हटिन्न: देउवा

2

३९ अंकले ओरालो लाग्यो नेप्से, सर्वाधिक कारोबार गर्दै नेपाल टेलिकम उच्च स्थानमा

3

नेप्सेमा प्रभु बैंकको बोनस शेयर सूचीकृत,यस्ता शेयरधनीले मात्र पाउछन्?

4

सिनामंगलस्थित नेपाल म्यानपावरमा विभागको छापा

5

बाेनश घाेषणापछि टेलिकमकाे मूल्य घट्याे

6

नेम्वाङसहित पाँच जनालाई प्रचण्ड-नेपाल पक्षद्वारा पार्टीबाट निष्काशन


Share Tweet Send