पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार थपिएका संक्रमितसँगै कूल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ७३ संक्रमित निको भएका छन् । हालसम्मका संक्रमितमध्ये २ लाख १६ हजार ५९४ जना निको भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाले थप २१ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या १ हजार ५२९ पुगेको जनाइएको छ ।