पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना पुष्टि भएको छ। यो सहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ८४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३ सय ५१, ललितपुरमा ७४ र भक्तपुरमा ५९ जना मा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा १७५२ जना निको भएर फर्किएका छन्। यो सहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५४ हजार ८०५ पुगेको छ।
त्यस्तै, यसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। अहिले सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५९४ पुगेको छ।