नेपाली लगानीकर्ताहरू लगातार आइपिओमा लगानी गर्न पाउँदा खुशी देखिन्छन् । शेयर बजारले उछाल लिइरहेकाे अवस्थामा उनीहरू लगानी गर्न उत्सुक पनि देखिएका छन् ।
यहि उत्सुकता र उछालका बीच तीनवटा इन्स्याेरेन्स कम्पनिले आइपिओ जारी गर्ने भएका छन् । महालक्ष्मी लाइफ इन्स्याेरेन्स,सिटिजन लाइफ इन्स्याेरेन्स र रिलाएबल लाइफ इन्स्याेरेन्सले साधारण शेयर (आइपिओ) जारी गर्ने भएका हुन्।
चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको महालक्ष्मी इन्स्योरेन्सले ६० करोड रुपैयाँको आइपिओ जारी गर्ने योजना बनाएको छ ।
बीमा समितिले तोकेको दुई अर्ब पूँजी पुर्याउनका लागि ६० करोड रुपैयाँको आइपिओ जारी गर्नुपर्ने हुन्छ । यो कम्पनीले अन्य प्रक्रिया पुरा गरेपछि मात्र आइपिओ जारी गर्ने जनाएको छ । आइपिओ जारी गर्नका लागि मिति तोकेको छैन।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७५ लाख कित्ता आईपीओ ल्याउने तयारी गरेको छ ।
चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको इन्स्योरेन्सले जारी पूँजीको ३० प्रतिशतको हुन आउने ७५ करोड रुपैयाँको आईपीओ निष्काशन गर्ने तयारीमा छ । आईपीओ निष्काशन पश्चात चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरिसकेको छ । सिटिजन लाइफले धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि आईपीओ निष्कासन गर्नेछ ।
त्यस्तै रिलाएबल लाइफ इन्स्याेरेन्सकाे ६० करोड रुपैयाँको ६० लाख आइपिओ निष्कासनको प्रक्रियामा रहेको छ । एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको चुक्ता पुँजी आइपिओ जारी गरेपछि दुई अर्ब रुपैयाँ पुग्छ । धितो पत्र बोर्डबाट अनुमति प्राप्त गरे पछि आइपिओ निष्कासन गर्ने कम्पनीको योजना रहेको छ ।