durbar-times

त्रिदेशीय क्रिकेटः फाइनलमा नेपाल र नेदरल्याण्ड भिड्दै , नेपाललाई उपाधिकाे अवसर


त्रिदेशीय क्रिकेटः फाइनलमा नेपाल र नेदरल्याण्ड भिड्दै , नेपाललाई उपाधिकाे अवसर

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट  सिरिजको फाइनलमा आज घरेलु टोली नेपाल र नेदरल्याण्ड्स खेल्दै छन्।

दुई देशबीचको खेल दिउँसो सवा १ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ। नेपाल शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो। नेदरल्याण्ड्स दोस्रो स्थानमा रहेर फाइनमा नेपालसँगको भेट पक्का गरेको हो।

पहिलो खेलमा नेदरल्याड्स र दोस्रो खेलमा मलेसियालाई ९ विकेटले हराएको नेपालले नेदरल्याड्ससँगको दोस्रो खेलमा ३ विकेटको हार व्यहोरेको थियो। नेपाल दोस्रो खेलमा व्यहोरेको हारको बदला नेदरल्याड्ससँग अब फाइनलमा लिने सोचमा छ।

प्रतियोगिताको समूह चरणका चार खेलसम्म कुशल भुर्तेल सर्वाधिक धैरै रन बनाउने खेलाडीको शीर्ष स्थानमा छन्। उनले ४ खेलको ४ इनिङमा ओपनिङ गर्दै ६७ को औसतमा २०१ रन बनाएका छन्।

नेपालको सम्भावित प्लेइङ–११

कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल ९कप्तान०, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विनोद भण्डारी ९विकेटकीपर०, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, सुशन भारी र अविनाश बोहरा।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send