durbar-times

त्रिदेशीय फुटबल प्रतियोगिता खेल्ने नेपाली टोली घोषणा


त्रिदेशीय फुटबल प्रतियोगिता खेल्ने नेपाली टोली घोषणा

गोलरक्षक किरण चेञ्जोङको कप्तानीमा त्रिदेशीय फुटबल प्रतियोगिता खेल्ने नेपाली टोली घोषणा भएको छ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बुधबार टोलीको घोषणा गरेका हुन्। त्रिदेशीय फुटबलमा नेपाल, बंगलादेश र किर्गिस्तानको यू-२३ टोली खेलिरहेका छन्।

दशरथ रंगशालामा बिहीबार नेपालले किर्गिस्तानको सामना गर्दैछ।

घोषित नेपाली टोलीको गोलरक्षकमा  चेञ्जोङसँगै विकेश कुथु, दीप कार्की छन्।

यस्तै रक्षकमा रन्जित धिमाल, निशान लिम्बु, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ छन्।

यस्तै मिडफिल्डरमा त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, अरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल बल, रविशंकर पासवान र फरवार्डमा अन्जन विष्ट, दर्शन गुरुङ, अविशेक रिजाल र भरत खवास छन्।

गोलकिपर दीप कार्की, डिफेन्डर निशान खड्का र छिरिङ गुरुङ, मिडफिल्डर त्रिदेभ गुरुङ र सन्जोग राई पहिलो पटक टिममा परेका छन् ।

खेल बिहीबार साँझ साढे ५ बजे दशरथ रंगशालामा हुन्छ।

1

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

2

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

3

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?

4

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

5

मध्यपहाडी आयोजनाको काम असारभित्रै सम्पन्न हुने

6

लुटपाट आरोपमा चार युवकलाई पक्राउ


Share Tweet Send