पश्चिमी वायुको प्रभावका कारण आज देशका विभिन्न भागमा मौसम बदली भएको छ। आज देशका केही स्थानमा हुर चट्याङ र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली हुनेछ। बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागका केही ठाउँमा भने आज दिउँसो र राति मेघ गर्जन, चट्टयाङसहित सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मेघ गर्जनरचट्टयाङ्हुररीको सम्भावना भएकोले सतर्क रहनसमेत महाशाखाले सचेत गराएको छ।