नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले आफ्नो समूहको केन्द्रीय कमिटी बैठकमा दुई तिहाई केन्द्रीय सदस्य सहभागी भएको दावी गरेको छ ।
बबरमहलस्थित कार्की पार्टी प्यालेसमा भएको केन्द्रीय कमिटी बैठकमा ४४७ सदस्यीय केन्द्रीय कमिटीका ३१० जना भन्दा बढी सदस्यले हस्ताक्षर गरेको प्रचण्ड पक्षको दावी छ ।
प्रचण्डले बैठकलाई सम्बोधन गर्दै दुई तिहाई कमिटी सदस्य आफ्नो पक्षमा रहेकाले बालुवाटारमा केपी ओली पक्षले गरेको बैठक अवैधानिक रहेको बताए ।