Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

तोडफोड गर्ने खतरा भएपछि प्रदेश १ को संसदभित्रका कुर्सी वेल्डिङ


तोडफोड गर्ने खतरा भएपछि प्रदेश १ को संसदभित्रका कुर्सी वेल्डिङ

विराटनगर, माघ ६- तोडफोड गर्ने खतरा भएपछि प्रदेश १ को संसदभित्रका कुर्सी वेल्डिङ गर्ने काम सुरु भएको छ । बुधबारदेखि सुरू हुने प्रदेश १ संसदको सातौं तथा हिउँदे अधिवेशन नेकपाभित्रको विवादले तनावको घानमा पर्ने निश्चित भएपछी वेल्डिङ गर्ने काम सुरु भएको हो ।

सत्तापक्षका सांसदहरूले कुर्सी तोडफोड गर्ने खतरा भएकै कारण संसदभित्रका सबै कुर्सी वेल्डिङ गरेर उचाल्नै नसक्ने बनाइएको छ । यसअघि संसद भवनका कुर्सी सजिलै उचाल्न मिल्ने खालका थिए ।

संसदमा विपक्षीभन्दा सत्तारूढ नेकपाको लहरमा सुरक्षा बल बढी केन्द्रित हुने बताइएको छ ।

प्रदेश १ मा नेकपाको ओली समूह र प्रचण्ड-नेपाल समूहबीच चलेको कारबाहीको होडबारे आजसम्म कुनै निकास आएको छैन ।

मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्ताव दर्ता छ । लगत्तै उनले १६ जनालाई निलम्बनको घोषणा गरेका थिए । अर्को पक्षले मुख्यमन्त्री सहितकालाई निलम्बनको घोषणा गरेको छ ।

मुख्यमन्त्री राईले निलम्बनमा परेकाहरूलाई संसदमा प्रवेश दिन नहुने बताउँदै आएका छन् ।

प्रचण्ड-माधव समूहका नेता इन्द्रबहादुर आङ्बो भने त्यसलाई ‘बालहठ’को संज्ञा दिइरहेका छन् ।

1

पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना संक्रमण पुष्टि

2

शिक्षकहरु एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन पाउने

3

शेयर बजारमा ८० अंकको पहिरो, कारोबार ८ अर्ब ३५ करोड बढी

4

उकालाेकै गतिमा ओरालाे लाग्दै निफ्राकाे शेयर मूल्य

5

नेपाली क्रिकेट: खेलाडीको रगत र पसिनाको उचित मूल्याङ्कन कहिले हुन्छ ?

6

‘जैस–उल हिन्द’ले लिए अम्बानीको घरबाहिर बरामद विस्फोटक पदार्थसहितको कारको जिम्मा


Share Tweet Send