दाँत राम्ररी सफा नगर्नाले, बिहान बेलुका दिनहु राम्रोसंग ब्रस नगर्नाले हामीले खाएको खानेकुराहरुको टुक्राहरू दाँतको कुनामा रहन्छ।
धेरै समय सम्म यसरी रहदा त्यही कुहिन्छ, यसरी कुहिंदा दाँतमा किरा लाग्ने गर्दछ साथै दाँतको जरा खुकुलो हुन्छ र दाँत दुख्ने गर्दछ।
त्यसैले बिहान बेलुका वा खान खाएपछि दिनको २ पटक राम्रोसंग दाँत ब्रस गर्ने गर्नु पर्दछ तर यदि तपाइको दाँत दुखिसकेको छ भने तल दिइएको कुनै उपाय अपनाउन सक्नु हुन्छ जसले गर्दा तपाइँलाई निक्कै राहत मिल्नेछ।
१. लसुनको एक कोस्रा थोरै बिरे नुन (आयुर्वेदिक पसलमा पाइन्छ) संग पिसेर (पिधेर) दुखेको दाँतमा राम्रोसंग थिचेर राख्यो भने दाँतको दुखाई हराउँछ।
२. दिनहुँ एक कोस्रा लसुन खाने राम्ररी चपाएर खाने गर्नाले दाँतको दुखाईबाट छुटकारा मिल्छ।
३. यदी दाँत किराले खाएको छ र दुखेको छ भने किराले खाएर दुखेको भागमा अलिकति हिङ राख्दा दाँतको दुखाई धेरै हद सम्म कम हुन्छ।
४. खैनी धेरै खायो भने मुखमा घाउ हुने र ओठ कालो हुने जस्ता समस्याहरु देखा पर्छन् तर अलिकति खैनीसंग नुन राखेर पिसेर दिनहुँ दाँत ब्रस गर्नाले दाँतको दुखाईबाट मुक्ति मिल्छ।
५. दाँत दुख्दा तातो पानीको थैलीले सेक्दा पनि निक्कै राहत मिल्दछ।
६. प्याजलाई कुटेर किराले खाएको दाँतमा राख्यो भने पनि दुखाई कम हुन्छ।
७. ल्वाङको तेलमा कपास भिजाउनुहोस् र किरा लागेको दाँतमा राख्नु भयो भने पनि दुखाई कम हुन्छ।
८. दाँत दुख्ने व्यक्तिहरुले दिनमा ३-४ पटक ल्वाङ मुखमा राखेर चुस्दा फाइदा हुन्छ।
९. पुदिनाको पातलाई पिधेर किरा लागेको दाँतमा राख्नाले दुखाई धेरै कम हुन्छ।
१०. हिङ र कागती मिलाई पेस्ट बनाई दाँत ब्रस गर्नाले पनि धेरै फाइदा हुन्छ।
यो पनि पढ्नुहोस्:
जाडो महिनामा कपालको हेरचाह गर्नु धेरैका लागि चुनौतीपूर्ण, ध्यान दिनुपर्ने कुराहरू