विर्सनै नहुने कुलमानका १० मुख्य कामहरु -Top 10 works of Kulman Ghising


विर्सनै नहुने कुलमानका १० मुख्य कामहरु -Top 10 works of Kulman Ghising

लोडसेडिङ हटाएको, रुग्ण आयोजनाको निर्माण सम्पन्न गरेको, विद्युत चुहावट घटाएको, चरम घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफामा लगेको लगायतका कामबाट वाहवाही पाएका कुलमान घिसिङलाई सरकारले अर्को कार्यकालको लागि नियुक्त नगर्ला कि भन्ने सम्भावना ज्यादा देखिएकाे छ।  घिसिङलाई अर्को ४ वर्षको लागि कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्नको लागि कुनै ऐन, नियम बाधक  बनेका छैनन् । तर, विभागीय मन्त्री वर्षमान पुन र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा भर पर्ने यो नियुक्ति कुलमानको पक्षमा पर्ने देखिन्न।

बर्षायाममा समेत दैनिक ८ घन्टासम्म लोडसेडिङ रहेको अवस्थामा २०७३ सालको भदौमा नियुक्त भएका कार्यकारी निर्देशक घिसिङले त्यही वर्षको लक्ष्मीपूजाको दिनदेखि काठमाण्डौँ उपत्यकालाई लोडसेडिङ मुक्त बनाएका थिए।

हिउँदमा दैनिक १८ घन्टासम्मको लोडसेडिङको अवस्थालाई अन्त्य गर्दै अहिले देश लोडसेडिङ मुक्त भइसकेकाे छ । वर्षायाममा बिजुली बेच्ने अवस्थामा समेत अहिले नेपाल पुगेको छ । चमेलिया, कुलेखानी तेस्रो, त्रिशूली थ्रि ए लगायतका रुग्ण जलविद्युत आयोजनाहरू सम्पन्न गरेका कुलमानले प्रशारणलाइन र सबस्टेसन निर्माण र त्यसकाे मर्मतलाई पनि उत्तिकै प्राथमिकता दिएका थिए।

कुलमानका धेरै कामहरु मध्ये मुख्य १० कामहरु

१. लाेडसेडिङको अन्त्य र उज्यालाे नेपाल

सबै काठमाडौंवासीलाई त्यो १८ घन्टे लोडशेडिङकाे झल्काे अहिलेपनि झलझली याद आइरहन्छ।  बत्ती कहिले आउला र मोबाईल, ल्यापटप, इन्भरटर चार्ज गरम्ला भनेर कुर्ने समयकाे मूल्य हिसाब गरिनसक्नु छ। त्यतिबेला काठमाडौमा लोडशेडिङ नै लोडशेडिङ बढ्नुको प्रमुख कारण थियो, कुलमानका अनुसार, इन्भर्टर चार्ज गर्ने बातावरणले गर्दा काठमाडौंमा २०० मेगावाट बत्ती बढी प्रयोग हुन्थ्यो। काठमाडौंमा लोडशेडिङ मुक्त घोषणा गर्नासाथ ४/५  दिन मै त्यो विद्युत खपत बन्द भयो र देशैभरी यसरी नै मिलाउँदा ४०० देखी ४५० मेगावाट बत्ती खपत हुनबाट बच्यो र लोडशेडिङ हुनबाट रोकियो। उनले इन्भर्टरले जकडेको प्राधिकरणलाई शान्त बनाए।

२. ४ वर्षे कार्यकालमा  ११५% ब्यापार नाफा

आर्थिक बर्ष २०७३/७४ मा ३५ अर्ब ७२ करोड, गत आर्थिक बर्षमा ७४ अर्ब  ३० करोड। झन्डै आठ अर्ब घाटाबाट कुलमान घिशिङले सही व्यवस्थापनका साथ ११५% फाइदाका साथ ४ बर्षमा देशको जिडिपि नै बढाए।

३. हिउँदमा विद्युत आयत, बर्खामा निर्यात

नेपालमा प्रतिवर्ष झण्डै ३७ करोड बराबरको  विद्युत आयत हुने गर्दथ्याे।  निर्यातको भने  डाटा भेटिन्न। तर नेपाल र भारतको विद्युत व्यापार संगठनको बैठकमा सहभागी भएर त्यो गतिविधिलाई उनले सही तरिकाले बढाए । उनले नेपालमा हिउँदमा भारतबाट विद्युत आपूर्ति गरेभने बर्षायाममा नेपाललाई  बढी भएकाे विद्युत भारतलाई बेच्ने काम गर्न सफल भए ।

४. विद्युत चुहावट नियन्त्रणबाट नै ७ अर्ब नाफा

विद्युत चुहावटमा कुलमानको आगमनसँगै धेरै नियन्त्रणमा आयो। २५ /७८ मा रहेको चुहावट १५ /३२ मा पुर्याएका छन्। विद्युत चुहावट हुनुको मुख्य कारण भनेको विद्युत चोरी , फल्स रिडिङ , ट्रान्समिसन ड्रपडाउन हाे। यसलाई सही व्यवस्थापनले नै सम्हाल्न सकिन्छ भन्ने उनले देखाए। त्यस्तै गुणस्तरीय सामान भित्र्याउनु पनि यस्को एक उपाय थियो ।

५. विद्युत जडित क्षमता ८०० मेगावाट देखी १४००सम्म पुर्याए

कुलमानको आगमनपूर्व नेपालको कूल विद्युत जडित क्षमता ८०० मेगावाट मात्र थियो।  ६२ % जनतामा सिमित विद्युत जडित क्षमता अहिले ९०% भन्दा माथि  पुगेको छ। साथै औद्याेगिक विद्युत खपत पनि ३१% बाट ४०% पुगेको छ।

६. १८ लाख विद्युत ग्राहक थप

कुलमानले १८ लाख विद्युतकाे नयाँ कनेक्सन जडान गराएका छन्। यी सबै कनेक्सन प्रधिकरणको लागि नयाँ ग्राहक हुन्। ४ वर्ष अघि यो २९ लाख वरिपरि थियो भने अहिले ४८ लाखभन्दा माथि छ । तथ्यांकलाई हेर्दा कुल ग्राहकको ४०% कुलमान कालमा थपिएका हुन्।

७ . दर्जनौँ आयोजनाहरु सम्पन्न

चमेलिया ३० मेगावाट, त्रिशुली ३ ए ६० मेगावाट , कुलेखानी ३ १४ मेगावाट जस्ता रुग्ण बिद्युत आयोजनाहरू सम्पन्न गरेका छन्। त्यस्तै सरकारी लगानीमा बनेका ४५६मेगावाट माथिल्लो तामाकोशी, १११मेगावाट रसुवागढी, ५७मेगावाट स्यान्झेङ आयोजना सम्पन्न तथा यही आर्थिक वर्षमा सञ्चालनको  तयारीसमेत गरेका छन्। तनहुँ १४०मेगावाट, राहुघाट ४०मेगावाट, माथिल्लो त्रिशुली ३ बी ३७मेगावाट , मध्य भोटेकोशी १०२मेगावाट निर्माणाधीन अवस्थामा छन्। तथा अन्य साना ट्रान्स्मिसनहरु पनि उनकै कार्यकालमा सुचारु भए।

८.  काठमाडौंमा बिजुलीको तार अन्डरग्राउन्ड

गत फागुन ५ गतेदेखी बिजुलीको तार अन्डरग्राउन्ड गर्न सुरू भएकाे छ। कुलमानले काठमाडौंको सुन्दरता कायम राख्न तथा जनसुरक्षाको विषयमा बिचार गर्दै फागुन ५ मा तारहरु अन्डरग्राउन्ड गर्ने कार्य प्रधानमन्त्रीकै हातबाट शिलन्यास गराए। हाल काठमाडौंका धेरै ठाउँहरुमा यो कार्य अघि बढ्दै गएकाे छ।

९. सकेको विद्युत बाल्न आग्रह

लामो समयको उज्यालोमाथिको खडेरी, खडेरी पस्चात १८ घण्टा लोडशेडिङ, र त्यसपछी कुलमान युग सुरु भयो। अन्धकार त हट्यो हट्यो कुलमानले सम्पूर्ण नेपालीलाई सकेको बत्ती बाल्न, सकेको खपत गर्न आग्रह गरे। यो  सुन्दा अचम्म नै लाग्छ कि कसरी यस्ताे सम्भव भयाे? तर उनकाे यो कार्य त्यतिमा सिमित छैन। हजारौं कि. मि. तार बिछ्याइए। सम्पूर्ण आवश्यक ठाउँमा सब्-स्टेशन बने, धेरै जिल्लाहरू बिजुलीपूर्ण जिल्लाहरु बने जहाँ सबै ठाउँमा बिद्युत तान्न मिल्ने बने। साथै, स्मार्ट-मिटरकाे पनि सुरुवात भयो।

१०. निजी क्षेत्रका ३४० आयोजनाहरु सँग छ हजार मेघावाटको विद्युत खरिद सम्झौता

कुलमान घिसिङले नेपाल बिद्युत प्राधिकरण र बिभिन्न ३४४ निजी बिद्युत आयोजनाहरुसँग बिद्युत खरिद सम्झौता गरेका छन्। जसले गर्दा नेपालमा बिद्युतीय आयोजनाहरुमा बैदेशिक लगानी पनि भित्रिएका छन्। यी सम्पूर्ण निजी आयोजनाहरुसँग ६०४४ मेगावाट विद्युतका लागि सम्झौता भएको बिद्युत प्राधिकरणले जनाएकाे छ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...