प्रिमियर लिगमा गएराती भएको टोटेनहम र आर्सनलबिचको खेलमा टोटेनहम आर्सनलमाथी भारी परेको छ ।
टोटेनहमको घरेलु मैदानमा भएको खेलमा टोटेनहमले आर्सनललाई २-० ले पराजित गरेको छ। खेलको १३ औँ मिनेटमा डीबक्स बाहिरबाट ह्युङ मिन सनले प्रहार गरेको बलले जाली चुम्न सफल भएको थिए । त्यस्तै पहिलो हाफकै थप समयमा ह्युङ मिन सनको पासलाई सदुपयोग गर्दै ह्यारी केनले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए भने दोश्रो हाफमा कुनै गोल हुन नसक्दा टोटेनहमले २-० ले जित हासिल गरेको हो।
खेलपछि टोटेनहम ११ खेलमा २४ अंक सहित गोल अन्तरका आधारमा तालिकाको शीर्ष स्थानमा छ भने साबिक बिजेता लिभरपुल दोश्रो स्थानमा छ । आर्सनल भने ११ खेलमध्ये ४ खेलमा जित १ खेल बराबरी र ६ खेल हार्दै १३ अंकसहित पुछारबाट पाचौं स्थानमा छ।
यो पनि: लिभरपुल र लेस्टर विजयी