पर्यटन र पर्वतारोहण विषयको पठनपाठन सञ्चालन हुन्छ :मन्त्री भट्टराई


पर्यटन र पर्वतारोहण विषयको पठनपाठन सञ्चालन हुन्छ :मन्त्री भट्टराई

काठमान्डौ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन प्रवद्र्धनका लागि मुलुकका विभिन्न स्थानमा पर्यटन र पर्वतारोहण विषयको पठनपाठन सञ्चालन गर्ने बताएका छन् ।

ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी माध्यमिक विद्यालयमा पर्यटन र पर्वतारोहण विषयको अध्यापनको शुभारम्भ गर्दै उनले भने, “पर्यटनका हिसाबले नेपाल अथाह सम्भावना भएको मुलुक भएकाले यहाँको पर्यटन प्रवद्र्धन र विकासका लागि पर्यटन र पर्वतारोहण सम्बन्धि शिक्षा आजको अवश्यकता हो ।”

मन्त्री भट्टराईले हिमालै हिमाल भएको देश नेपालमा हिमाल आरोहणका लागि वर्षेनी हजारौंको सङ्ख्यामा विदेशी पर्यटक आउने र स्वदेशी पर्यटकले समेत हिमाल चढ्ने भएकाले यसमा चासो राख्नेका लागि मुलुकका विभिन्न स्थानमा ती विषयको पठनपाठन सञ्चालन गर्न जरुरी देखिएको बताउँदै मुलुकका केही विद्यालयले यस विषयको अध्यापन शुरु गरिसकेको जानकारी दिए ।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नारायणी माध्यमिक विद्यालयबीच कक्षा ११ र १२ मा यो विषयको अध्यापनका लागि शनिबार मात्रै सम्झौता भएको बताइएको छ । स्थानीयस्तरमा नै पर्यटन विषयको पढाइ शुरु हुने भएपछि स्थानीयवासी उत्साहित भएका छन् ।

पर्यटनका सबै क्षेत्र खोल्ने तयारीमा सरकार
सरकारले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटनका सबै क्षेत्र खोल्ने तयारी गरेको छ । कोभिड –१९ महामारीकै बीच पर्यटनका सबै क्षेत्र खुला गर्ने तयारी भइरहेको जनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल पर्वतारोहण संघ (एनएमए) को ४७ औंँ वार्षिकोत्सवका अवसरमा आयोजित वेबि…
कम्प्युटर प्रयाेग गर्नेकाे भन्दा हातले लेख्नेकाे दिमाग तेज (बच्चाकाे लेख्ने क्षमता बृद्धि गर्ने तरिका)
वर्तमान समयमा विश्व नै डिजिटलाइज हुँदै गैरहेकाे छ । हामीलाई आवश्यक पर्ने हर कुरा अहिले डिजिटल दुनियाँमा सजिलै प्राप्त गर्न सकिन्छ । यहाँसम्म कि अहिले विद्यालय शिक्षा पनि पुरै डिजिटल हुने क्रममा रहेकाे छ । विश्वमा यस्ताे पनि देश छ जहाँ बच्चाहरूलाई ह्याण्डराइटिङकाे कुनै जरूरत पर्दैन । उनीहरू कम्प्य…
नयाँ पाठ्यक्रम कार्यान्वयनको अन्योल चिर्न आग्रह
यसै शैक्षिक सत्रबाट अनिवार्य विषयका रुपमा लागू गरिएको ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’बारे उत्पन्न अन्योल चिरेर कार्यान्वयनका लागि शिक्षकलाई अभिमुखीकरण गराउन शिक्षाविज्ञले सुझाव दिएका छन् । ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६’ अन्तर्गत एकल पथीयरूपमा कक्षा ११ र १२ मा समावेश गरि…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...