पर्यटन क्षेत्रको सुधारका लागि चैनपुरमा विज्ञ समूह गठन


पर्यटन क्षेत्रको सुधारका लागि चैनपुरमा विज्ञ समूह गठन

पर्यटन क्षेत्रको समग्र विकास तथा सुधारको कार्ययोजनासहित रणनीतिक महत्वका विषयवस्तुमा सुझाव दिन सङ्खुवासभाको चैनपुर नगरपालिकाले सात सदस्यीय पर्यटन विज्ञ समूह गठन गरेको छ ।

यहाँको पर्यटन क्षेत्रको सम्भावन, प्रवद्र्धन, विकास र रणनीतिक कार्ययोजना बनाउनका लागि  इञ्जिनीयर निराकार श्रेष्ठको संयोजकत्वमा गठित उक्त समूहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरु रहनेछन् । धार्मिक, साँस्कृतिक तथा प्राकृतिक सम्पदामा धनी रहेको चैनपुरको विकासमा यो समूहबाट ठूलो सहयोग पुग्ने अपेक्षा नगरपालिकाको छ ।

पर्यटन प्रर्वद्धनका लागि योजनावद्ध तवरले काम हुन्छ: मन्त्री भट्टराई
ताप्लेजुङ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाको पर्यटन प्रर्वद्धनका लागि गुरु योजनाका साथ अघि बढ्ने बताएका छन् । पर्यटन प्रर्वद्धनका हिसाबले अथाह सम्भावना बोकेका ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लामा पर्यटनका गतिविधि न्यून रहेको भन्दै उनल…

समूहको सदस्यमा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष कुशकुमार जोशी, इतिहासविद् डा. रमेश ढुङ्गेल, होटल एशोसिएशनका पूर्वअध्यक्षद्वय प्रकाश श्रेष्ठ र योगेन्द्र शाक्य, सम्पदाविद् रबिन्द्र पुरी र सदस्य सचिवमा इञ्जिनीयर गुणराज श्रेष्ठ रहेका नगरपालिकाकाका प्रमुख भरत खत्रीले जानकारी दिए । उनले नगरभित्रका धार्मिक, साँस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरी चैनपुर नगरपालिकालाई प्रदेश नं १ कै पर्यटकीय हवको रुपमा विकास गर्ने लक्ष्यका साथ यो समूह गठन गरिएको बताए ।

उक्त समूहले पर्यटन क्षेत्रमा गरिनुपर्ने कामको प्राथमिकीकरण निर्धारण गरी त्यसअनुसारको योजना र कार्यक्रम बनाउनका लागि विभिन्न सरकारी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थासँग आवश्यक समन्वय, सहकार्य र परामर्श गर्न सकिनेछ । समूहले चैनपुरलाई पर्यटकीय हव बनाउन र नयाँ गन्तव्यको रुपमा विकास गर्ने कामको शुरुवात गरिसकेको संयोजक श्रेष्ठले बताए ।

पर्यटन र पर्वतारोहण विषयको पठनपाठन सञ्चालन हुन्छ :मन्त्री भट्टराई
काठमान्डौ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन प्रवद्र्धनका लागि मुलुकका विभिन्न स्थानमा पर्यटन र पर्वतारोहण विषयको पठनपाठन सञ्चालन गर्ने बताएका छन् । ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी माध्यमिक विद्यालयमा पर्यटन र पर्वतारोहण विषयको अध्यापनको शुभारम्भ गर…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...