बढी भाडा लिए/नलिएकोबारे अनुगमन गर्न सिभिलमा ३२ जना ट्राफिक प्रहरी खटिए


बढी भाडा लिए/नलिएकोबारे अनुगमन गर्न सिभिलमा ३२ जना ट्राफिक प्रहरी खटिए

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा दशैँको तुलनामा तिहार केन्द्रीत चहलपहल बढेको छ ।

कोरोना भाइरसको सङ्क्रमणको डरले दशैँ आसपासमा बजारमा कम मानिस देखिए पनि अहिले चहलपहल बढेको हो । दशैँको तुलनामा अहिले भीडभाड बढेसँगै सुरक्षा व्यवस्थामा पनि कडाइ गरिएको प्रहरीले जनाएको छ । दशैँअघिदेखि नै सुरु भएको एकीकृत सुरक्षा योजना बमोजिम तिहार नजिकिँदै गर्दा सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

अहिले सुरक्षा व्यवस्था थप मजबुत बनाउन जनशक्ति र चेक प्वाइन्टहरु थप्ने काम भएको महाशाखाका प्रमुख एवं एसएसपी भीम ढकालले जानकारी दिए। उहाँका अनुसार काठमाण्डौ उपत्यकामा मात्रै ७४९ जना जनशक्ति थप गरिएको छ । यस्तै २० वटा चेक प्वाइन्ट थपिएसँगै चेक प्वाइन्टको संख्या ६६ पुगेको छ । यस्तै महाशाखाले सिभिलमा ८ वटा टोलीमा ३२ जना ट्राफिक प्रहरी परिचालन गरेको छ ।

सिभिलमा खटिएका ट्राफिक प्रहरीले यात्रु बनेर सार्वजनिक गाडीहरुले धेरै भाडा लिएको छ की छैन भनेर जाँच गर्ने र धेरै भाडा लिएको छ भने कारबाही गर्नै गरेको महाशाखाका प्रमुख ढकालले बताए। यस्तै महाशाखाले जाँडरक्सी पिएको छ की छैन भनेर पनि जाँच गर्न सुरु गरेको छ । महाशाखाले गएको २४ घण्टामा मात्रै ९१९ वटा गाडीलाई कारबाही गरेको छ ।

कारबाहीबाट ५ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन भएको महाशाखाका प्रमुख ढकालले बताए। अहिले ट्राफिक प्रहरीले ४ सयदेखि ५ सय गाडीलाई सम्झाएर छाड्ने गरेको छ । यस्तै सांगीतिक डमी अभियान अन्तर्गत ट्राफिक प्रहरीले अहिलेसम्म ८ हजारभन्दा धेरैलाई जनचेतना दिएको जनाएको छ ।

ट्राफिकले काटेको चिटको पैसा तिर्न बैंक जानु नपर्ने
काठमाडौं | ट्राफिक कार्यालयले कारवाहीका लागि काटेको चिट(बिल)को पैसा तिर्न बैंक जानु नपर्ने व्यवस्था लागू गर्न लागेको छ । अबको १ महिनामा मादक पदार्थ सेवन (मापसे) तथा अन्य कारवाहीमा परेका सवारी साधन चालकलाई बैंकसम्म पुगेर राजस्व बुझाउनु पर्ने झण्झटबाट मुक्त गर्न सो व्यवस्था लागू गर्न लागिएको महानगरी…
सिमकोटमा ट्राफिक नियम लागू
सिमकोट | उच्च हिमाली जिल्ला हुम्लामा ट्राफिक नियम लागू हुने भएको छ । गत वर्ष ट्राफिक कार्यालय उद्घाटन भएसँगै सिमकोटमा नियम लागू गर्न लागिएको हो । ट्राफिकले काटेको चिटको पैसा तिर्न बैंक जानु नपर्नेकाठमाडौं | ट्राफिक कार्यालयले कारवाहीका लागि काटेको चिट(बिल)को पैसा तिर्न बैंक जानु नपर्ने व्यवस्था लाग…
ट्राफिक नियम उलंघन गरे सवारी साधन मूल्यको ५०% सम्म जरिवाना लगाउन प्रहरीको प्रस्ताव
काठमाडौं | ट्राफिक नियम उलंघन गरेमा सवारी साधनको ५० प्रतिशतसम्म हुन आउने जरिवाना गर्न नेपाल प्रहरीले प्रस्ताव गरेको छ । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले आर्थिक जरिवाना बढाउन जरुरी रहेको बताए । लाइसेन्स वितरणमा लापरवाही भएको र अहिलेको नीति परिवर्तन गर्नुपर्ने माग गरे । एउटा इन्स्च्यि…
ट्राफिक प्रहरी कार्यालयले सुरु गर्यो चालकसँग १ मिनेट कार्यक्रम
गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले राजमार्ग तथा शहरी क्षेत्रहरुमा संचालन हुने गरि आज (आइतवार) ११ बजेबाट दैनिक रुपमा “चालकसँग १ मिनेट कार्यक्रम” संचालनमा ल्याएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउन खुकुलो भएसँगै हुनसक्ने सवारी दुर्घटनाको संभावनालाई मध्यनजर राख्दै ट्र…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...