ट्राफिकले काटेको चिटको पैसा तिर्न बैंक जानु नपर्ने


ट्राफिकले काटेको चिटको पैसा तिर्न बैंक जानु नपर्ने

काठमाडौं | ट्राफिक कार्यालयले कारवाहीका लागि काटेको चिट(बिल)को पैसा तिर्न बैंक जानु नपर्ने  व्यवस्था लागू गर्न लागेको छ ।

अबको १ महिनामा मादक पदार्थ सेवन (मापसे) तथा अन्य कारवाहीमा परेका सवारी साधन चालकलाई बैंकसम्म पुगेर राजस्व बुझाउनु पर्ने झण्झटबाट मुक्त गर्न सो व्यवस्था लागू गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वर प्रसाद यादवले जानकारी दिए ।

‘अब कारवाहीमा परेका सवारी साधन चालकले राजस्व बुझाउनका लागि बैंकसम्म लाइन बस्न जानु पर्दैन,’ उनले भने ‘ अब छिट्टै नै हामी आम ग्राहकले तिरेको राजस्व नेपाल सरकारको राजस्व खातामा सिधै जम्मा हुने व्यवस्था गर्दैछौं ।’ ढिलोमा १ महिनाभित्र हामी विद्युतीय प्रणालीमार्फत  सरकारको खातामा राजस्व दाखिला हुने व्यवस्था मिलाउँदै छौं ।’

अनलाइन कारोबारबाट भएको रकम कार्यालयको खातामा जम्मा भएपछि नेपाल सरकारको खातामा जाने गर्छ भने नयाँ व्यवस्था लागू भएपछि राजस्व सिधै नेपाल सरकारको खातामा जम्मा हुन्छ ।

हाल कोभिडको बेलामा पनि महानगरीय ट्राफिक प्रहरी महाशाखाले दैनिक दुईदेखि ३ लाख रुपैयाँसम्म राजस्व उठाउने गरेको छ । कोभिड अगाडी दैनिक ७ देखि ८ लाखसम्म राजस्व संकलन हुने गरेको प्रवक्ता यादवले बताए । वर्षमा हामीले २० देखि २५ करोडसम्म राजस्व उठाउने गरेका छौं ।’

सुदुरपश्चिम प्रदेशमा विहिबार देखी लाइसेन्स ट्रायल परिक्षा सुरु
यातायत विभाग धनगढीले नोवेम्बर ५ देखी १० सम्म हुने ट्रायल परिक्षाको समय तालिका सार्वजनिक गरेको छ। कार्यालयका अनुसार अक्टोबर १२ सम्म ‘F’ र ‘G’(मिनिवस, मिनी ट्रक, बस) वर्गको लाइसेन्सका लागि अन्लाइन फारम भरेका र बायोमेट्रिक परिक्षा सुल्क तिरेकाहरुले ट्रायल परिक्षामा भाग लिन पाउने छन्। परिक्षा यातायात …
ओलीबाको अन्तर्वाता
पत्रकार: नमस्कार ! आराम हुनुहुन्छ ? ओलीबा: हजुर, कुप्रालाई उठी सुख न बसी सुख ! प्रचण्ड र माकुनेले हैरान पारेका छन् । पत्रकार: दशै कस्तो रह्याे ? ओलीबा: कस्ताे हुनु? टिका लगाइयाे । सेल खाइयाे । पत्रकार: अनि, घरमै बसेर टिका लगाउनु भनेर आफैले निर्देश गर्ने अनि आँफै राष्ट्रपतिकाेमा जाने ? ओलीबा: के…
अमेरिकी राष्ट्रपति निर्वाचनमा अन्तरिक्षबाटै मतदान
अन्तरिक्षयात्री केट रुबिन्सले अन्तरिक्षबाटै अमेरिकी राष्ट्रपतिको लागि मतदान गरेकी छन्। नोभेम्बर ३ मा अमेरिकामा नयाँ राष्ट्रपति चयन गर्न निर्वाचन हुँदैछ। तर, अर्ली मतदानअनुसार त्यहाँ केही मतदाताले भने मतदान गरिरसकेका छन्। यस्तै अर्ली मतदान गर्ने अन्तरिक्षमा रहेकी केट रुबिन्सले अन्तरिक्षबाट मतदान गरे…
रेड मर्करी बेची करोडौँ पाउने लोभ, पुराना रेडियो-टिभी खोज्नेहरू बढे (Fact Check)
केही दिनयता फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा पुरानो टिभी र रेडियोमा रेड मर्करी भनिने पदार्थ पाइने र त्यो बिक्री गरेमा ठूलो रकम हात पर्ने दाबी सहितका पोष्ट सेयर गरिएका छन् । “पुरानो टिभी रेडियोमा रेड मर्करी हुन्छ जुन एक ग्रामको करोडौँ रुपैयाँ आउँछ । युट्युबमा हेर्नुहोला,” मयुर श्रेष्ठ नाम गरे…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...