durbar-times

लाइसेन्सकाे नयाँ परीक्षा प्रणाली , कुन ठाउँका लागि कति अंक ?


लाइसेन्सकाे नयाँ परीक्षा प्रणाली , कुन ठाउँका लागि कति अंक ?

नेपाल सरकारले ज्येष्ठबाट लागु हुनेगरी सवारी साधन चालक अनुमतिपत्रकाे नयाँ परीक्षा प्रणाली सार्वजनिक गरेकाे छ । अब लाइसेन्सकाे लिखित परीक्षामा ८० प्रतिशत अंक ल्याउनुपर्नेछ भने ट्रायल परीक्षामा ७० प्रतिशत अंक ल्याए पास भइनेछ ।

उक्त प्रणाली अनुसार ट्रायलका लागि दिइने ठाउँअनुसारकाे अंक यस्ताे छः

घुमाउराे 8 :- २० अंक
अंग्रेजी अक्षर 8 मा एकपटकसम्म अंकित रेखा छाेएमा ५ अंक काटिने छ भने एकपटकसम्म खुट्टा टेकेमा ५ अंक काटिने छ ।

अंग्रेजी अक्षर 8 मा एकपटकभन्दा बढी अंकित रेखा छाेएमा , सवारीकाे टायर अंकित रेखाभन्दा बाहिर गएमा , एकपटभन्दा बढी भुइँमा खुट्टाले टेकेमा , ठीक दिशाबाट ठीक तरिकाबाट 8 नघुमाएकमा र सवारीकाे स्टार्ट बन्द भएमा फेल भइन्छ ।

साँघुराे फलेक :- १० अंक
भुइँमा टेकेमा अथवा फलेक पार गर्नुअघि नै बाहिर निस्किएमा फेल भइनेछ ।

यू-टर्न :- १० अंक
यू-टर्नमा सवारी टर्निङ इन्डिकेटर लाइट नबालेमा १० अंक काटिनेछ । अंकित रेखा छाेएमा फेल भइनेछ ।

ट्राफिक लाइट :- १५ अंक
ट्राफिक लाइट नियम पालना नगरेमा १५ अंक काटिनेछ ।

उबडखाबड :- १५ अंक
उबडखाबडमा एकपटकसम्म खुट्टाले भुइँ छाेएमा ५ अंक काटिनेछ । त्यस्तै एकपटकसम्म सवारीकाे स्टार्ट बन्द  भएमा पनि ५ अंक काटिनेछ ।

उबडखाबडमा एकपटकभन्दा बढी खुट्टाले भुइँ छाेएमा र एकपटकभन्दा बढीपटक सवारीकाे स्टार्ट बन्द भएमा फेल भइनेछ ।

उकालाे :- २० अंक
उकालाेमा अंक काटिने व्यवस्था छैन सीधै फेल भइन्छ । फेल हुने अवस्थाहरूः ताेकिएकाे रेखा नाघी सवारी राेकेमा वा नराेकी अघी बढेमा , राेकिएकाे अवस्थाबाट सवारी अघी बढाउँदा सवारी ६ इन्चभन्दा बढी पछाडि सरेमा , ओरालाे झर्दा ताेकिएकाे रेखाभन्दा अघि राेकेमा वा नराेकी अघि बढेमा र एकपटकभन्दा बढी सवारी स्टार्ट बन्द भएमा ।

व्यवहारगत पक्ष :- १० अंक
सवारी चलाउनुपूर्व सवारीकाे ऐना, टायर, ब्रेकलगायत सामाग्रीकाे परीक्षण नगरेमा ३ अंक काटिनेछ । त्यस्तै हेल्मेट लक नगरी सवारी चलाएमा ४ अंक काटिनेछ । असंयमित तरिकाले सवारी चलाएमा ३ अंक काटिनेछ ।

यसरी विभिन्न ठाउँका लागि छुट्याइएकाे पूर्णाङ्कहरूमध्ये ७० प्रतिशत अंक ल्याएमा सवारी साधन चालक अनुमतिपत्र लिन याेग्य मानिनेछ ।

1

काम नगरी थकाइ किन थकाइ लाग्छ ? थाहा पाउनुहाेस कारण र समाधान

2

आइपिएलमा आज चेन्नइ र दिल्ली भिड्दै

3

एल क्लासिकाे भीडन्त आज , कसले मार्ला बाजी ? यस्ताे छ अनुमानित टीम

4

यी हुन् याे साता शेयर बजारमा सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

5

शनिबार र आइतबार बैंक खुला राख्न राष्ट्र बैंककाे निर्देशन

6

३ दलको बैठक सकियो, कुनै निष्कर्ष निस्किएन


Share Tweet Send