durbar-times

ट्रायल सेन्टरमा दुई जना नक्कली परीक्षार्थी पक्राउ


ट्रायल सेन्टरमा दुई जना नक्कली परीक्षार्थी पक्राउ

आइतबार गुर्जुधारास्थित ट्रायल सेन्टरमा दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मोटरसाइकलको ट्रायल परीक्षामा नक्कली परीक्षार्थी भेटिएका हुन् । पैसा लिएर अर्काको ट्रायल दिने प्रवृत्ती भेटिएको यातायात व्यवस्था कार्यालयले जनाएको छ।

धादिङका सरोज अधिकारीको ट्रायल दिने मकवानपुरका बसन्त मगरलाई प्रहरीले पक्राउ गरेको हो ।अधिकारीलाई पनि पक्राउ गरी महानगरीय प्रहरी वृत्त थानकोटमा बुझाइएको यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङका सूचना अधिकारी उपेन्द्र शाहले बताए । मगरले ट्रायल पास गरेका थिए । पछि शंका लागेर सोधपुछ गर्दा एकको परीक्षा अर्काले दिएको पुष्टि भएको हो ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send