durbar-times

त्रिभुवन विश्‍वविद्यालयद्वारा पुर्वनिर्धारित सबै परीक्षाहरु स्थगित


त्रिभुवन विश्‍वविद्यालयद्वारा  पुर्वनिर्धारित सबै परीक्षाहरु स्थगित

त्रिभुवन विश्‍वविद्यालयले पुर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको छ ।

सोमबार त्रिविले सूचना जारी गर्दै कोरोनाका कारण पूर्वनिर्धारित वार्षिक र सेमेष्टरका सम्पूर्ण परीक्षाहरु स्थगित गरेको हो ।

त्रिविद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ कोभिड १९को दोस्रो लहरको प्रकोपका कारण देशका विभिन्‍न स्थानहरुमा लकडाउन तथा निषेधाज्ञाका कारण हाल सञ्‍चालित तथा सञ्‍चालनको प्रक्रियामा रहेका सम्‍पूर्ण परीक्षाहरु यथास्थितिमा सञ्‍चालन नसकिने परिस्थिति सृजना भएकाले आज मिति २०७८/१/१३ गते बसेको त्रि.वि. केन्द्रीय परीक्षा सञ्‍चालक समितिको बैकठको निर्णय अनुसार पूर्व निर्धारित भए अनुसारको त्रिभुवन विश्‍वविद्यालयद्वारा सञ्‍चालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु २०७८/०१/१४ देखि अर्को सूचना प्रकाशित नभएसम्‍मका लागि स्थगित गरिएको  व्‍यहोरा सम्बन्धित सबैको लागि जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । '

विज्ञप्ति:

1

कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि

2

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

3

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

4

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

5

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

6

कांग्रेस संसदीय दलको बैठक बस्दै


Share Tweet Send