durbar-times

त्रिदेशीय खेल आजबाट सुरु


त्रिदेशीय खेल आजबाट सुरु

त्रिदेशीय अन्तर्राष्ट्रिय खेल आजबाट सुरु हुदैछ । नेपाल, बंगलादेश र किर्गिस्तान सहभाघी भएको खेल आजबाट दशरथ रंगशालामा सूरु हुनेछ ।  खेल नेपाली समय अनुसार साझा साढे ५ मा सुरुहुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने छन् । आज हुने उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश बीच प्रतिस्पर्धा हुनेछ जसमा किर्गिस्तानको यू-२३ टिमले सहभागी गर्नेछ ।

नेपालले भने आफ्नो पहिलो खेल विहीबार किर्गिस्तानसँग खेल्नेछ ।

फाइनल खेल चैत १६ गते हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको विजेताले ५ लाख डलर पुरस्कार पाउछेन् । रंगशालामा सिनियर टिमले ६ वर्षपछि खेल्दैछ । यसअघि सन २०१५ मा नेपाल र भारत बीच विश्वकप छनोटको खेल भएको थियो । गत वर्ष भएको १३ औं सागमा २३ वर्ष मुनिको टोली सहभागी थियो । नेपाली टिमको कप्तानी किरण चेम्जोङले गर्नेछन् । नेपालले उपाधी जित्ने लक्ष्य राखेको छ ।

प्रतियोगितामा सहभागि हुने दर्शकका लागि कोरोना महामारीको जोखिमलाई ध्यानमा राखी जनस्वास्थ्यका मापदण्ड तय गरिएको छ । एन्फाले प्रतियोगिता हेर्न आउनेहरुलाई अनिवार्य मास्कको प्रयोग गर्न, भौतिक दुरी कायम गर्न, स्यानिटाइजरको प्रयोग गर्न, ज्वरो मापन गरेर मात्रै रंगशालामा प्रवेश गर्ने नियम लागू गरेको छ ।

1

नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक

2

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

3

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

4

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

5

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

6

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार


Share Tweet Send