durbar-times

स्तन क्यान्सर सम्बन्धी ५ भ्रम


स्तन क्यान्सर सम्बन्धी ५ भ्रम

विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२० मा २३ लाख महिलालाइ स्तन क्यान्सर भएकाे तत्थ्य सार्वजनिक भएकाे छ । महिलाहरूलाइ हुने क्यान्सरमध्ये सबैभन्दा धेरै डाटा स्तन क्यान्सरकाे छ । नेपालमा पनि प्रत्येक वर्ष महिलाहरूमा स्तन क्यान्सरका बिरामीहरूकाे संख्या बढ्दाे छ । स्तन क्यान्सरसम्बन्धी यस्ता ५ भ्रमहरूकाे बारेमा याे लेख तयार पारिएकाे छ ।

भ्रम १ः स्तन क्यान्सर वंशाणुगत राेग हाे ।
धेरै महिलाहरूमा याे भ्रम रहेकाे छ कि आफ्नाे परिवारमा विगतमा कसैलाई स्तन क्यान्सर भएकाे छ भनेमात्र आफूलाई स्तन क्यान्सरकाे संभावना हुन्छ । तर कतिपय अध्ययनले यसलाई नकारेकाे छ । परिवारमा कहिल्यै कसैलाई पनि स्तन क्यान्सर नभएका महिलाहरुलाई पनि स्तन क्यान्सर भएकाे पाइएकाे छ।

अफिसमा काम गर्दा निन्द्रा लाग्छ ? अपनाउनुहोस् यी उपाय
काठमाडौँँ । रातमा पर्याप्त निद्रा पाइसकेपछि पनि, के तपाइँ अर्को दिनमा अफिसमा काम गर्दा ‘हाई र निद्रा’ महसुस गर्न थाल्नुहुन्छ? यदि हो भने, त्यहाँ यसको लागि धेरै कारणहरू हुन सक्छन् । जुन कारण यदि थाहा भयो भने, तपाईं कुनै पनि समयमा निद्राको समस्याबाट बच्न सक्नुहुन्छ। आउनुहोस्, कार्यालयमा सुत्नुका ४ कार…

भ्रम २ः स्तन क्यान्सर बढी उमेरका महिलालाई मात्र हुन्छ ।
याे पनि एक भ्रम मात्र हाे । महिलाहरूमा रजस्वलाकाे सुरूवातसँगै स्तन क्यान्सरकाे खतरा सुरू भएकाे हुन्छ । धेरैजसाे अवस्थामा बढी उमेरका महिलाहरूलाई स्तन क्यान्सर भएकाे पाइएतापनि कम उमेर समूहका महिलाहरूलाई पनि स्तन क्यान्सरकाे खतरा उत्तिकै देखिएकाे पाइन्छ ।

खाली पेटमा बेसार खानुका फाइदा
स्वास्थ्यका लागि बेसारका अनेक फाइदा छन् । अक्सर दूध–बेसारको चर्चा हुन्छ । दूधमा बेसार राखेर सेवन गर्दा जिउको दुखाइ कम हुन्छ, शरीरमा स्फूर्ति जाग्छ । तर, तातो पानीमा बेसार राखेर सेवन गर्नुका अझ धेरै फाइदा छन् । बिहानै उठेर बेसार–पानी पिउँदा शरीरमा रगत जम्न पाउँदैन । यसले रगत सफा गर्छ । उठ्नेबित्तिकै…

भ्रम ३ः स्तन दुख्नु नै स्तन क्यान्सरकाे लक्षण हाे ।
याे बिलकुल नै भ्रम हाे। कतिपय  महिलाहरूलाई महिनावारी सुरू हुनेबेला स्तन दुख्न थाल्छ र महिनावारी सकिएपछि स्तन दुख्न छाड्छ । कतिपय महिलाहरूलाई बच्चालाई दूध खुवाउने बेला स्तन दुख्छ ।त्यसकारण स्तन दुख्नु नै स्तन क्यान्सरकाे लक्षण हैन ।

शरीरमा पानीको मात्रा कम हुँदा देखिन्छ यस्ता समस्या
एजेन्सी । सामान्यतया हामी थोरै पानी पिउछौ । शरीरमा पानीको मात्रामा कमी भयो भने पनि हामी भोक लागेको भ्रममा खानेकुरा खान्छौं र अनावश्यक ऊर्जा क्यालोरी थप्छौं । तर शरीरमा पानीको कमी भएको महसुस गर्दैनौं। बैज्ञानिकहरु भन्छन्, ’शरीरमा हुने पानीको मात्रा (६० प्रतिशत ) को केवल १.५ प्रतिशत कम हुँदा पनि शरी…

भ्रम ४ः विभिन्न पाउडर तथा पर्फ्युमहरूले स्तन क्यान्सरकाे खतरा बढाउँछन् ।
हालसम्म कुनैपनि पाउडर तथा पर्फ्युमहरूले स्तन क्यान्सरमा भूमिका खेलेकाे तत्थ्य भेटिएकाे छैन । त्यसकारण याेपनि केवल एक भ्रममात्र हाे ।

तौल चाडो घटाउन चाहनुहुन्छ ? पिउनुस् यी ३ पेयपदार्थ
एजेन्सी – आजभोलि मानिसमा खानपान गर्ने शैली परिवर्तन भएको छ । खानपानमा आएको परिवर्तनसँगै रोग लाग्ने सम्भावना पनि बढ्दै गएको पाइन्छ । खानेकुराका कारण तौल बढ्ने समस्याबाट पनि धेरैलाई सताएको पाइन्छ । साथै, तौल बढेसँगै मधुमेह, थाइराइड र उच्च रक्तचापको समस्याबाट पनि गुज्रिरहेका हुन्छन् । त्यसैले तौललाई सन…

भ्रम ५ः ब्रेस्ट क्यान्सरकाे जाँच माेमाेग्राम्स गर्दा धेरै पीडा हुन्छ ।
माेमाेग्राम्स गराउँदा बिरामीहरूलाई रेडिएसनकाे मात्रा निकै कम गरिएकाे हुन्छ । यसले केही खतरा निम्त्याउँदैन। ४० वर्षकाे उमेरपछि भने केही दुखान महसुस हुने भएकाले जाँचकाे क्रमलाई दुई वर्षमा एकचाेटी गराउनुपर्छ ।

भास्कर डट कमकाे याे लेख दरबार टाइम्स टिमले नेपालीमा अनुवाद गरेकाे हाे ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send