http://bit.ly/bajajdurbartimes

टिकटकले लियाे ज्यान,मदिरा बन्याे कारण


टिकटकले लियाे ज्यान,मदिरा बन्याे कारण

दाङको पुरन्धाराको छहरामा पिकनिक गएको समयमा झोलुंगे पूलबाट खसेर शनिबार गम्भीर घाइते भएका रमेश थापाको उपचारका क्रममा आज निधन भएको छ ।

टिकटक बनाउन झोलुंगे पूलको लठ्ठामा झुन्डिएका रमेश फर्कन नसक्दा त्यहीँबाट बबई नदीको बगरमा खसेका थिए । तत्कालै उद्दार गरी प्रादेशिक अस्पताल तुलसीपुर  पुर्र्याइएको थियो । त्यहाँ उपचार संम्भव नभएपछी थप उपचारकालागि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा पठाइएको थियो । उनको उपचारका क्रममा आज बिहान ५ बजे निधन भएको हो ।

बबई गाउँपालिका ५ स्थित पुरन्धारा झरना आन्तरिक पर्यटकको आर्कषक गन्तव्य हो । त्यहाँ देशका विभिन्न जिल्लाबाट छहरा हेर्न आउनेको भीड लाग्छ ।

करिब ३५ किलोमिटरको दुरीमा रहेको बिजौरीका युवाको छहराले मन नलोभ्याउने कुरै भएन । त्यसैले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १९ बिजौरीका युवाहरु शनिवार बनाउन पुरान्धारा छहरा पुगेका थिए ।

स्थानीय झुपु क्षेत्रीका अनुसार पिकनिक गएको बिजौरीको टोलीले दिउँसोको करिव २ बजे खाजा खाएको थियो । खाजा खाने बेला केहीले मदिरा समेत सेवन गरे । खाना खान बाँकी नै थियो ।

खाजा खाएपछी केहीले खाना बनाउन व्यस्त रहे भने केही रमाइलो गर्न मस्त भए । रमाइलो गर्ने समुहमा थिए २४ वर्षीय रमेश थापा । पेशाले उनी यातायात व्यवसायी हुन् । उनको गाडी स्थानीय रुटमा चल्ने गर्छ ।

नाँचगान गर्दागर्दै रमेशसहितका साथीहरु सहित नजिकै रहेको झोलुंगे पुलमा पुगे । यत्तिकैमा उनीहरुलाई टिकटक बनाउने ‘मुड’ चल्यो । अरुले पुलमै टिकटक बनाए भने रमेश पूलको सपोर्ट तारमा झुन्डिएर टिकटक बनाउन तम्सिए । साथीहरुले त्यसो नगर्न भनिरहेकै थिए ।

मदिरा सेवन समेत गरेका रमेशको जिद्दीका अगाडी कसैको केही चलेन । उनी तारमा झुन्डिएर केहि तल पुगे, माथि फर्कन खोज्दा सकेनन् । केहिबेरको प्रयासपछि उनको हात गल्यो र करिव ५० मिटर तल बगरमा बजारिए ।

1

के हाे नागरिक स्टक डिलर ? कसरी गर्छ काम ? शेयर बजारलाइ कसरी स्थिर बनाउँछ ?

2

विप्लवकाे बन्द, कहाँ के भयाे ?

3

कार्यकारी अधिकारसहित एकदिनका लागि मुख्यमन्त्री बन्दै सृष्टि

4

यी हुन् नेपालकाे महिला फुटबल खेल्न आएका अफ्रिकन खेलाडी

5

रोनाल्डोले विश्व कीर्तिमान नराखेको दाबी

6

पीएम कपः एपिएफ र सुदूरपश्चिम ब्याटिङ गर्दै


Share Tweet Send