ट्रम्पले चुनाव हारेमा उनको ट्वीटर अकाउन्ट पनि सदाका लागी हट्नसक्छ


ट्रम्पले चुनाव हारेमा उनको ट्वीटर अकाउन्ट पनि सदाका लागी हट्नसक्छ

अमेरिकी राष्ट्रपति तथा आगामी कार्यकालका लागि पनि राष्ट्रपतिको उम्मेदवार समेत रहेका डोनाल्ड ट्रम्पले ट्वीटर नियन्त्रणभन्दा बाहिर गएको आरोप लगाएका छन् ।

उनका गरेका केही ट्वीटहरु सामाजिक सञ्जाल ट्वीटरले नदेखाएकोले उक्त सामाजिक सञ्जालमाथि उनी हिजोदेखि नै रुष्ट बनेका छन् ।

उनले उक्त सामाजिक सञ्जाल आफ्ना विरुद्धमा गएको र नियन्त्रणभन्दा बाहिर भएको भन्दै निर्वाचन धाँधली भएको र यदि यस्तो कार्य रोक्ने हो भने आफूले निर्वाचन जित्न दाबी गरेका हुन् ।

राष्ट्रपती ट्रम्पले व्यक्त गरेका तर्कहरु र उनले लगाएका आरोपहरु यथार्थ नभएको भन्दै ट्वीटरले उनका पोस्ट नदेखिने बनाएको हो। ट्वीटरको निती अनुसार गलत वा भ्रामक जानकारी जो कोहीले राखेमा अकाउन्ट निशेध वा हट्ने सम्मको प्रावधान रहेको छ।

यद्यपी ट्रम्प तत्कालिन राष्ट्रपती रहेका कारण उनलाई 'विश्वका नेता/वोर्ल्ड लिडरस्' सम्बन्धी विशेषाधिकार प्रदान गरिएको छ।

उनले पछील्लो साता देखी निरन्तर रूपमा ट्वीटरको 'सार्वजनिक चासो' सम्बन्धी निती भङ्ग गर्दै आएकाछन्, जसलाई ट्वीटरले 'गलत जानकारी' को चिन्ह लगाएर यतिकै हेर्न नमिल्ने बनाइदिन्थ्यो।

तर यदी उनले राष्ट्रपती चुनाव हारेमा, लगत्तै उनको विश्वका नेताले प्राप्त गर्ने विशेषाधिकार हट्ने छ र उनले प्रसारण गर्ने भ्रामक जानकारीका कारण उनको ट्वीटर अकाउन्ट सदाका लागि हट्न पनि सक्ने ट्वीटरको नितीले बताउँछ।

अमेरिकी राष्ट्रपति चुनाव 2020 : यी ५ राज्यले गर्छन् अन्तिम फैसला
वासिंटन : अमेरिकामा जारी चुनावको मतगणनातर्फ धेरैको चासो पुगेको छ । मतगणनाको अन्तिम चरणमा आइपुग्दा डेमेक्रेटका जो बाइडेन नै अगाडि छन् । बाइडेन लगभग सुरुदेखि नै अगाडि देखिए । बाइडेनले अब ६ इलेक्टोरल भोट ल्याए मात्रै ह्वाइटहाउसको बाटो पक्का हुनेछ । पछिल्लो २४ घण्टादेखि नै यो ६ भोटको लागि पर्खाइ भइरहेक…
बैध भोट मात्रै गनिए आफूले जित्ने ट्रम्पको दावी, अदालतद्वारा उजुरी खारेज
वासिङटन । अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । राष्ट्रपतिका उम्मेदवार समेत रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना रोक्न र पुनः मतगणना गर्न माग गरेकाले विवाद भएको हो । अमेरिकी राष्ट्रपति चुनाव…
‘प्लाज्मा एप’ संचालनमा प्लाज्मा दिन चाहने र लिन चाहनेलाई जोड्ने
काठमाडौं । विश्‍वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमितको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले ‘प्लाज्मा एप’ सञ्‍चालनमा ल्याएका छन् । कोरोना भाइरसबाट संक्रमितको उपचारमा सघाउ पुर्‍याउने उद्देश्यसाथ गत मंगलबार सार्वजनिक गरिएको ‘प्लाज्मा एप’ ल…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...