युएईका प्रधानमन्त्री कोभिड–१९ को खोप लिए


युएईका प्रधानमन्त्री कोभिड–१९ को खोप लिए

अबुधाबी । युनाइटेड अरब इमिरेट्स (युएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले मंगलबार कोभिड–१९ को खोप लिएका छन् । प्रधानमन्त्री शेख मोहम्मदले स्वास्थ्यकर्मीबाट खोप लिँदै गरेको तस्वीर ट्वीटर मार्फत सार्वजनिक गरेका थिए ।

उनले ट्वीटरमा युएईका प्रत्येक व्यक्तिको स्वास्थ्यलाई ध्यानमा राखेर कोभिड–१९ विरुद्धको खोप सबै नागरिकलाई उपलब्ध गराइने बताएका छन् । केही साताभित्रै युएईका कतिपय मन्त्रीहरुले पनि खोप लिइसकेका छन् ।

युएइले कोभिड–१९ का बिरामीको परिस्थिति बिचार गरी आपतकालीन प्रयोगका रुपमा खोप दिन थालेको जनाएको छ ।  तर कुन देश वा कम्पनीको खोप लगाइएको हो भन्ने स्पष्ट गरिएको छैन । –एएनआई

संक्रमण रोक्न अब लकडाउन गर्नुपर्दैनः डब्लुएचओ
न्यूयोर्क– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मानिसहरूले कोरोनाभाइरसका रोकथामका उपायहरूलाई पूर्ण रूपमा पालना गरेमा भाइरसको संक्रमण रोक्न विभिन्न देशहरूले लागू गरेका राष्ट्रव्यापी लकडाउन र प्रतिबन्धहरू गर्नु पर्ने आवश्यकता नरहने जनाएको छ। पछिल्लो समय यूरोपका स्पेन, इटली, फ्रान्स लगायत विभिन्न देशहरू…
कोरोना भाइरस नेपालः के कोभिड-१९ का बिरामीमा प्लाज्मा थेरापी प्रभावकारी देखिएको हो ?
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‌का सदस्य सचिव डा. प्रदीप ज्ञवालीका अनुसार निको भएका व्यक्तिबाट एन्टीबडी झिकेर आईसीयूमा बस्नुपर्ने र गम्भीर प्रकृतिका बिरामीलाई दिइन्छ।

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...