आइतबार पनि प्रभु लाइफ इन्स्योरेन्सको शेयर मुल्य सकरात्मक सर्किट लेभलमा बढेको छ । आज उक्त कम्पनीको शेयर मुल्य ९.९३ प्रतिशतले बढेको छ ।
उक्त कम्पनीको शेयर मुल्य पछिल्लो समय लगातार दैनिक रुपमा सकरात्मक सर्किट लेभलमा बढेको छ ।
आज उक्त कम्पनीको शेयर मुल्य बढेर ७६४ पुगेको छ । यसअघि कम्पनीको शेयर मुल्य ६९५ थियो । आज त्यो ६९ अंकले बढेर नयाँ उचाईमा पुगेको छ ।
नेप्सेको मार्केट डेप्थअनुसार हाल उक्त कम्पनीको शेयर खरिद गर्न चाहाने लगानीकर्ताको चाप छ । तर, बिक्री गर्ने लगानीकर्ताको अवस्था शुन्य छ ।
यद्यपि, १ बजेसम्म उक्त कम्पनीको ३ लाख २२ हजार ४७१ कित्ता शेयर खरिद बिक्री भएको छ । रकमका आधारमा आज प्रभु लाइफको २३ करोड ९९ लाख ७४ हजारको शेयर कारोबार भएको छ ।