च्याम्पियन्स लिगमा बार्सिलोना र युभेन्ट्स दुवैको खेल आज


च्याम्पियन्स लिगमा बार्सिलोना र  युभेन्ट्स दुवैको खेल आज

च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत आज स्पेनिस क्लब बार्सिलोनाले डाइनामो किभसँग प्रतिस्पर्धा गर्दैछ । यसै समूहको अर्को खेलमा युभेन्ट्सले एफटिसीसँग खेल्नेछ ।

बार्सिलोना र किभबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ । समूह चरणका दुई खेल जितेको बार्सिलोना ६ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।

युभेन्ट्स ३ खेलमा ३ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।

हंगेरियन क्लबविरुद्ध स्टार स्ट्राइकर रोनाल्डोले खेल्नेछ । कोरोना भाईरसको संक्रमणको कारण उनले यस अघिका दुई खेल गुमाएका थिए ।

च्याम्पियन्स लिगमा बायर्न म्युनिक र सिटिको जित
च्याम्पियन्स लिगमा बायर्न म्युनिकको अपराजित यात्रा कायम गर्दै समूह चरणको तेस्रो खेलमा अष्ट्रियन क्लब साल्जवर्गलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ ।बायर्नले साल्जवर्गलाई ६–२ को अन्तरले गोलले जितेको हो। बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा जेरोमी बोएटिङ, साने र लुकास हर्नान्डेजले गोल गरेका…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...