https://ntc.net.np/

बार्सिलोना र पीएसजी भिड्दै, नेयमार खेल्ने सम्भावना कति?


बार्सिलोना र पीएसजी भिड्दै, नेयमार खेल्ने सम्भावना कति?

च्याम्पियन्स लिग फुटबलअन्तर्गत पहिलो लेगमा आज (मंगलबार) राति स्पेनिस क्लब बार्सिलोनाले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग खेल्दैछ ।

खेल नेपाली समयानुसार रातको १:४५ बजे क्याम्प नोउमा सुरु हुनेछ । पिएसजीका लागि स्टार फरवार्ड नेयमार उपस्थित रहने छैनन् ।

पीएसजी सन् २०१६–१७ को च्याम्पियन्स लिगको अन्तिम १६ मा व्यहोरेको फराकिलो हारको बदला लिने योजनामा छ । पिएसजीले आफ्नो आक्रमणको जिम्मेवारी अर्का स्टार किलियन एमबाप्पेलाई सुम्पनेछ । बार्सिलोनामा लागि एन्टोनी ग्रिजम्यान, पेड्रीलगायतका खेलाडी हुनेछन् ।

मेस्सी र एमबाप्पे क्लब स्तरमा पहिलो पटक आमनेसामने हुँदैछन् । यसअघि यी दुई टोलीको भिडन्त सन् २०१८ को विश्वकपमा भएको थियो । त्यसबेला एमबाप्पेकै सानदार प्रदर्शनमा फ्रान्सले अर्जेन्टिनालाई पराजित गर्दै विश्वकपको अन्तिम ८ मा स्थान बनाएको थियो ।

1

नक्साल नारायण चौरमा आगलागी

2

प्रधानमन्त्री ओलीद्वारा सक्ने भए अध्यादेश फेल गरेर देखाउन चुनौती

3

पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

4

‘ए मेरो हजुर-४’को रिलिज मिति घोषणा

5

मेयर कपमा आर्मी विजयी, सोमपालको आक्रामक ब्याटिंग

6

आज शेयर बजार बन्द


Share Tweet Send