च्याम्पियन्स लिगमा युभेन्ट्स र बार्सिलोना भिड्दै


च्याम्पियन्स लिगमा युभेन्ट्स र बार्सिलोना भिड्दै

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत आज (बुधबार) दुई ठुला क्लब युभेन्ट्स र बार्सिलोनाबीच प्रतिस्पर्धा हुँदैछ ।

समूह 'जी' मा रहेको युभेन्ट्सले घरेलु मैदानमा बार्सिलोनासँग खेल्नेछ । युभेन्ट्स र बार्सिलोनाबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ । टुरिनमा युभेन्ट्स बार्सिलोनालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ । तर, क्याटलान क्लबविरुद्ध जित निकाल्न युभेन्ट्सलाई सहज भने हुने छैन ।

समूह चरणको पहिलो खेलमा युभेन्ट्सले डाइनामो किभलाई २-० ले हराएको थियो ।

तर, बार्सिलोनाविरुद्ध युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले खेल्ने सम्भावना कम रहेको छ । कोरोना संक्रमण भएपछि रोनाल्डो सेल्फ आईसोलेसनमा रहेका छन् ।

रोनाल्डोबारे युभेन्ट्सले केहि बताएको छैन । रोनाल्डोले नेसन्स लिग अन्तर्गत अक्टोबर ११ मा फ्रान्ससँगको खेल पछि खेलेका छैनन् ।

सबैभन्दा धेरै रेड कार्ड पाउने १० खेलाडी - Top 10 Red Card Holders
धेरै खेलाडिहरूले करियरको क्रममा केवल केही रेडकार्डहरू प्राप्त गर्छन्। कुनै पनी अप्रिय घटना हुन नदिन तथा खेललाई नियन्त्रण गर्न रेडकार्ड रेफ्रीको लागि अन्तिम प्रयास हुनसक्दछ।सामान्यतया, रातोकार्ड सम्म पुग्ने घटनाहरू अन्जानमा हुन्छन् - लगभग हास्यास्पद। तथापि, केही खेलाडिहरू रेडकार्डहरू प्राप्त गरेरै …

यता, बार्सिलोना पनि लगातार दोस्रो जितको खोजीमा रहेको छ । बार्सिलोनाले पहिलो खेलमा हंगेरियन क्लब एफटिसीलाई ५-१ ले हराएको थियो ।

बार्सिलोना टुरिनमै युभेन्ट्सलाई हराउने योजनामा हुनेछ । युभेन्ट्सविरुद्ध बार्सिलोनाका मिडफिल्डर फिलिपे कौटिन्हो खेल्ने छैनन् । चोटका कारण उनी टिम बाहिर रहेका छन् ।

यस समूहमा ३ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा रहेको छ । ३ अंक जोडेको युभेन्ट्स दोस्रो स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेलमा किभ र एफटिसी खेल्ने छन् ।

बार्सिलोनाका अध्यक्ष बर्टोमेउद्धारा पदबाट राजीनामा
बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउले पदबाट राजीनामा दिएका छन् । पछिल्लो समय क्लबका समर्थकबाट दबाब झेलिरहेका अध्यक्ष बर्टोमेउले पदबाट राजीनामा दिएका हुन् । उनी २०१४ मा क्लबको अध्यक्ष बनेका थिए । समर्थकले उनलाई राजीनामा दिन दबाब दिदै आएका थिए । बर्टोमेउको मेस्सीसंगको सम्बन्ध समधुर रहन सकेको थ…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...