'जनप्रतिनिधिले दसैँ भत्ता लिन नहुने व्यवस्था हुनुपर्छ'- भीम रावल


'जनप्रतिनिधिले दसैँ भत्ता लिन नहुने व्यवस्था हुनुपर्छ'- भीम रावल

नेपाल कम्युनिस्ट पार्टीका नेता एवं सांसद भीम रावलले विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गर्दै कुनै पनि जनप्रतिनिधिले दसैँ भत्ता लिन नहुने व्यवस्था हुनुपर्ने बताएका छन् ।

उनले भनेका छन, ‘दसैँ भत्ताको रकम नलिन कुनै कानुन संशोधन गर्न वा नयाँ कानुन बनाउनु पर्दैन ।

उनले भत्ता बापतको रकम खातामा राखिएको थाहा पाएको उल्लेख गर्दै आफुले पाएको रकम कट्टा गर्न मन्जुरी जनाएका छन् । सामाजिक संजाल ट्विटरमा उनले लेखेका छन, ‘सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ । मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ' लेखेका छन ।

उनले अगाडि भनेका छन, ‘दसैँ भत्ताको रकम नलिन कुनै कानुन संशोधन गर्न वा नयाँ कानुन बनाउनु पर्दैन ।’


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...