युनाइटेड इदीमर्दी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन


युनाइटेड इदीमर्दी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं  : आज बिहीबार (कात्तिक ६ गते) युनाइटेड इदीमर्दी हाइड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम मौका हो । आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ ।

पहिलो चरण

कम्पनीले असोज ७ गतेदेखि कास्की जिल्लाको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार लाख कित्ता सेयर बिक्री खुला गरेको हो ।युनाइटेडले पहिलो चरणमा आयोजना प्रभावितहरुका लागि आइपीओे निष्कासन गरेको हो ।

परिवारकाे डिम्याट खातामा भएकाे शेयर आफ्नाेमा कसरी ट्रान्सफर गर्ने ?
नेपालमा शेयर बजारमा लगानीकर्ताहरूकाे आकर्षण बढ्दाे छ । पछिल्लाे समय शेयरमा आवेदन भर्नेहरूकाे संख्या दिनानुदिन बढ्दै गएकाे छ । आफ्ना परिवारका सदस्यहरूकाे नाममा डिम्याट खाता खाेल्ने र सबैकाे नाममा शेयर आवेदन गर्ने क्रम पनि बढेकाे छ। परिवारकाे नाममा शेयर त आउँछ तर किनबेच गर्नका लागि भने सबैकाे ब्राेक…

दोस्रो चरण

दोस्रो चरणमा सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता सेयर जारी हुनेछ । यसमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

यो आइपीओमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।

कहाँबाट आवेदन दिने

युनाइटेड इदीमर्दीको आइपीओमा एनएमबि बैंक तथा प्राइम बैंकबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, पोखरा फाइनान्सको माछापुच्छ्रे् गाउँपालिका शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

केयर रेटिङ नेपालले यसलाई ग्रेड ४ रेटिङ दिएको छ । यसले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको जनाउँछ ।

ब्राेकर अकाउन्ट परिवर्तन गर्ने तरिका
पछिल्लाे समय नेपालि शेयर बजारमा लगानीकर्ताहरू ब्राेकरकाे रबैयाबाट पिडित भैरहेकाे गुनासाहरू सुन्न पाइन्छ । ब्राेकरले काराेबार गरेकाे रकम समयमै उपलब्ध नगराइदिने र कस्टुमर केयरसमेत नगर्ने गरेकाे कतिपय ग्राहकहरूकाे गुनासाे रहेकाे छ । यसै सन्दर्भमा हामीले नेपालमा आफूले काराेबार गरिरहेकाे ब्राेकर आफूलाइ च…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...