युनाइटेड इदी-मार्दीको करिब ९ लाख कित्ता आईपीओ कात्तिक २७ बाट खुल्ने


युनाइटेड इदी-मार्दीको करिब ९ लाख कित्ता आईपीओ कात्तिक २७ बाट खुल्ने

काठमाडौं । युनाइटेड इदी-मार्दी एन आरबी हाइड्रोपावरले कात्तिक २७ गतेबाट धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी  गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा ८ लाख ७३ हजार ९१० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पुँजीको २५ प्रतिशत आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । यसअघि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ४ लाख २० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। जसमध्ये बिक्री नभएको २ लाख ४३ हजार ९१० कित्तासहित कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री गर्न लागेको हो ।

हाल जारी हुन लागेको कुल सेयरमध्ये ४३ हजार ६९६ कित्ता सेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । यस्तै, कर्मचारीका लागि १७ हजार ४७८ कित्ता सेयर छुट्याइएको छ । बाँकी ८ लाख १२ हजार ७३६ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा मंसिर ३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै सेयर बिक्री नभएमा मंसिर ११ गतेसम्म भर्न सकिनेछ ।

यसमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । यो आइपीओमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । केयर रेटिङ नेपालले यसलाई ग्रेड ४ रेटिङ दिएको छ । यसले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको जनाउँछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् ।

हाल यसले कास्कीमा ७ मेगावाट अपर मार्दीखोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । यसको प्रतिमेगावाट लागत २० करोड ३९ लाख ७६ हजार रुपैयाँ रहेको छ । कम्पनीको विद्युत उत्पादन अनुमति पत्र ३० वर्ष बाँकी रहेको छ ।

परिवारकाे डिम्याट खातामा भएकाे शेयर आफ्नाेमा कसरी ट्रान्सफर गर्ने ?
नेपालमा शेयर बजारमा लगानीकर्ताहरूकाे आकर्षण बढ्दाे छ । पछिल्लाे समय शेयरमा आवेदन भर्नेहरूकाे संख्या दिनानुदिन बढ्दै गएकाे छ । आफ्ना परिवारका सदस्यहरूकाे नाममा डिम्याट खाता खाेल्ने र सबैकाे नाममा शेयर आवेदन गर्ने क्रम पनि बढेकाे छ। परिवारकाे नाममा शेयर त आउँछ तर किनबेच गर्नका लागि भने सबैकाे ब्राेक…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...