durbar-times

उपत्यकामा लकडाउन गर्न स्वास्थ्य मन्त्रालयकाे सिफारिस


उपत्यकामा लकडाउन गर्न स्वास्थ्य मन्त्रालयकाे सिफारिस

काठमाडाैँ उपत्यकामा लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेकाे छ ।

बढ्दाे काेराेना भाइरसकाे संक्रमणका कारण कम्तीमा एक महिना लकडाउन गर्न मन्त्रालयले सिफारिस गरेकाे हाे ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमका अनुसार कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकमा यसबारे मन्त्रालयले प्रस्ताव गरेको छ ।

कोरोना महामारीको अवस्था गम्भीर बन्न लागेको भन्दै मन्त्रालयले कम्तीमा चार साता (करिब एक महिना) लकडाउन गर्न सिफारिस गरेको हो।

हामीसँग भएका स्रोत साधनले अहिलेको सामान्य अवस्थामा त थेग्न सक्छ। तर, भारतकै जस्तो अवस्था आउने जोखिम बढी छ’, प्रवक्ता डा. गौतमले भने, ‘त्यो भयो भने फेलियर हुन्छौं। हाम्रो प्राथमिकता आमनागरिकको ज्यानको सुरक्षा गर्नु हो।'

सबैले जनस्वास्थ्य सुरक्षा मापदण्डको पालना नगर्दा फेरि लकडाउन गर्नुपर्ने अवस्था आएको उनले बताएका छन्। नेपालमा कोरोनाको दोस्रो लहर आएपछि बाँकेको नेपालगञ्जमा वैशाख ९ देखि एक सातालाई लकडाउन भइसकेको छ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send