http://bit.ly/bajajdurbartimes

वाग्मतीमा फोहर फाल्नेलाई गरियाे कारवाही


वाग्मतीमा फोहर फाल्नेलाई गरियाे कारवाही

वाग्मती नदीमा फोहर फाल्ने सात व्यक्ति एवं संस्थालाई कारवाही गरिएको छ ।

राजधानीको सभ्यताको स्रोत मानिएको उक्त नदीमा फोहोर फालेको भन्दै कारवाही स्वरुप रु २३ हजार जरिवाना गरिएको छ।

अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग टेकु र वाग्मती सफाइ अभियानकर्मीको संयुक्त प्रयासमा नदी किनारमा जताततै फोहर फाल्ने, बाटो कब्जा गरी व्यापार व्यवसाय गर्नेलाई जरिवाना गरिएको बताइएको छ ।

मनोहरा दोभानबाट आलोकनगरसम्म फोहर फाल्ने राजकुमार शर्मालाई रु एक हजार, मीना केसीलाई रु पाँच हजार, बेखालाल तण्डुकारलाई रु एक हजार, दीपेन्द्र बस्नेतलाई रु पाँच हजार, रत्नकाजी श्रेष्ठलाई रु पाँच हजार, सुमन इन्टरप्राइजेजलाई रु पाँच हजार, कुकुर क्याफेलाई रु एक हजार गरी जम्मा रु २३ हजार जरिवाना गरिएको छ।

जरिवाना गरिएको रकम महानगरपालिका वातावरण व्यवस्थापन विभागलाई हस्तान्तरण गरिएको सफाइ महाअभियानले जनाएको छ।

1

टोटेनहम र लिभरपुल भिड्दै

2

आर्मी लगातार चौथो पटक फाइनलमा

3

टी-टेनमा सोमपालको डेब्यु

4

सावित्राको ह्याटि्रकमा एपीएफ र मिथो रुथको दोहोरो ह्याटि्रकमा वालिङ विजयी

5

२४ घण्टामा २१३ जनामा कोरोना पुष्टि

6

प्रधानमन्त्री ओलीलाई ५ दिनभित्र आफैँ उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश


Share Tweet Send