http://bit.ly/bajajdurbartimes

वरुण र साराको ‘कुली नम्बर १’ रिलिज


वरुण र साराको ‘कुली नम्बर १’ रिलिज

एजेन्सी | वरुण धवन र सारा अली खानको फिल्म ‘कुली नम्बर १’ रिलीज भएको छ । अमेजन प्राइम भिडियोले २४ डिसेम्बर मध्य रातमा रिलीज गरेको हो । यो वर्षको ठुलो फिल्मको सीरीजको अन्तिम फिल्म हो ।

सिनेमा घरको लागि निर्माण गरिएको यो फिल्म कोरोना भाइरसको कारण हलको तालाबन्दीमा परेको कारण ओटीटी प्लेटफर्ममा चलाइएको हो । वरुण धवन र सारा अली खानको मुख्य भुमिका भएको ‘कुली नम्बर १’ पुरानो फिल्मको रिमेक हो । जसमा गोविन्दा र करिश्मा कपुरले अभिनय गरेका थिए ।

२५ वर्ष अगाडि रिलीज भएको कुल्ली नम्बर १ को नयाँ रिमेकमा कथा र कहानी फरक छ । नयाँ फिल्ममा पुरानो फिल्म भन्दा धेरै भव्य र शानदार सेटअप देख्न सकिन्छ । परिर्वनत गरेको कहानीमा गोवामा धनी होटल मालिक जेफरी रोजारियाले आफ्नो छोरी सारा अली खान र शिखाको विवाह धनी केटासँग गर्नलाई योग्य वर खोजिरहेका हुन्छन् ।

कथा अनुसार वरुण धवन कुंवर राज प्रताप सिंह बनेर विवाह गर्ने योजनामा पुग्छन् । फिल्म यही कथाको वरिपरि घुमेको छ ।

वरुण र सारा अलीको साथमा अन्य कलाकारहरु शिखा तलसानिया, राजपाल यादव, साहिल वैद्य, अनिल धवन, विकास वर्मा आदि रहेका छन् । डेविड धवनले निर्देशन गरेको फिल्मलाई वाशु भगनानी र जैकी भगनानीले निर्माण गरेका हुन् ।

1

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड हुने समय तय

2

महिला लघुवित्तले आईपीओ बिक्री गर्ने

3

हार्याे पुलिस , एपिएफ फाइनलमा

4

पछिल्लो २४ घण्टामा थप २८३ जनामा कोरोना संक्रमण पुष्टि

5

वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज

6

आईपीएल अक्सनको मिति र स्थान तोकियो


Share Tweet Send