भेष्पाका लागि नेपालकाे आधिकारिक विक्रेता दुगड ब्रदर्स एण्ड सन्स प्रा.लि.ले काठमाडाैँदेखि सिन्धुपाल्चाेककाे सुकुटेबीचसम्म '१०० कस्टुमर रिक्रियसन राइड' सम्पन्न गरेकाे छ ।
कम्पनीले फागुन २१ गते शनिबार ग्राहकबिच अन्तरक्रिया गराउने , भेइकलकाे परफमेन्स र रिभ्यु गर्ने लक्ष्यसहित राइड आयाेजना गरिएकाे र उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकाे प्रा.लि.का उपाध्यक्ष विजय महताेले जानकारी दिए । उनका अनुसार राइडमा युवाहरूकाे सक्रिय सहभागिता रहेकाे थियाे ।

राइडमा सहभागी सम्पूर्ण राइडरहरूलाई विभिन्न समूहमा विभाजन गरी सुकुटे बीचमा मनाेरञ्जनात्मक क्रियाकलापसमेत गरिएकाे थियाे । जसमा थ्री लेग गेम, राेप पुलिङ , क्यारी याेर पार्टनर, भलिबल र कम्युनिकेसन ग्याप रहेका थिए । मनाेरञ्जनात्मक खेलकुद र राइडबाट सहभागीहरू अत्यन्त खुशी भएकाे कम्पनीका मार्केटिङ म्यानेजर करूणा पुडासैनीले जानकारी दिइन् ।

नेपालमा प्रिमियम प्राेडक्टहरूमा ग्राहकहरूकाे आकर्षण बढिरहेकाे र प्रिमियम प्राेडक्टमध्ये भेष्पा सबैभन्दा अघि रहेकाे पनि पुडासैनीले जानकारी दिइन् ।