विप्लव नेतृत्वकाे नेकपाले आह्वान गरेकाे नेपाल बन्द देशभर निकै कम प्रभाव पारिरहेकाे छ भने केहि ठाउँमा शंकास्पद वस्तु फेला पनि परिरहेका छन्। झापामा खुकुरी देखाएर बसमा आगजनी पनि भएकाे छ । अहिलेसम्म कहाँ कहाँ के के भए ?
- बागलुङ नगरपालिका वडा नम्वर ३ हाडेपाखा स्थीति मध्यपहाडी लोकमार्गमा बम जस्तै देखीने शंकास्पद वस्तु फेला परेको छ । मध्यमहाडी लोकमार्ग वाट बागलुङ बजार प्रवेश गर्ने चोकमा उक्त वसतु फेला परेको हो ।
- सिरहा जिल्लाको मिर्चैया नगरपालिका ५ जिवा पुलमा कुकर बम फेला पर्याे । जसलाइ नेपाली सेनाकाे टाेलीले डिस्पाेज गर्याे ।
- रतपुरमा संकास्पद बस्तु फेला परेको छ ।भरतपुरको बाइपास रोडमा शनिवार मध्यान्ह १२ बजे संकास्पद बस्तु फेला परेकाे हाे ।
- पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षीमा नगरपालिकामा किरातचोकमा ३ जनाको समुहमा आएका व्यक्तीहरुले झापाबाट धरानतर्फ आउँदै गर्दा बाटाेमा खुकुरीसहित आएर बसमा तोडफोड गरेका थिए । तर २ जना फरार रहेकाेमा एक जना मात्र पक्राउ परेका हुन् ।