भिसाको म्याद गुज्रिएका सबै प्रवासीले अबको २० दिनभित्र कुवेत छाड्नुपर्ने


भिसाको म्याद गुज्रिएका सबै प्रवासीले अबको २० दिनभित्र कुवेत छाड्नुपर्ने

काठमाडौं। भिसाको म्याद गुज्रिएका सबै प्रवासीले अबको २० दिनभित्र कुवेत छाड्नुपर्ने भएको छ । कुवेतको आन्तरिक मामिला मन्त्रालयले कुवेतमा भिजिट भिसाका प्रवेश गरेका र भिसा सकिएका सबैलाई ३० नोभेम्बरभित्र देश छाड्न भनेको छ । साथै सबै किसिमका बसोबास अनुमति पत्र पाएका तर अनुमतिको म्याद गुज्रिएका र गएको सेप्टेम्बर १ सम्ममा तीन महिनाको लागि अस्थायी म्याद थपेका र अस्थायी म्याद नोभेम्बर ३० सम्ममा गुज्रिनेहरुलाई आफ्नो बसोबासको अनुमति नवीकरण गर्न वा अर्को अनुमति लिन अनुरोध गरिएको छ ।

प्रवासी कामदारलाई बसोवास अनुमतिको लागि प्रायोजन गर्नेहरु र रोजगारदाताहरुलाई आफूले प्रायोजन गरेका प्रवासीहरुको बसोवासको अनुमति नवीकरण गर्न आग्रह गरिएको छ । यसको लागि आन्तरिक मामिला मन्त्रालयको वेबसाइटमार्फत वा आवासीय मामिला विभागमा गएर बसोवास अनुमति नवीकरण गर्न सकिने बताइएको छ । भिजिट भिसा सकिएकाहरुलाई नोभेम्बर ३० भन्दा पहिल्यै आफ्नो यात्राको प्रक्रिया सुरु गर्न र देश छाड्न आग्रह गरिएको छ । यो आग्रहको उल्लंघन गरेर कुवेतमै बस्नेहरुलाई कानुनको उल्लंघनमा दोषी ठहर गरी फेरि कुवेत फर्किन नपाउने गरी डिपोर्ट गरिने मन्त्रालयले जनाएको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...