http://bit.ly/bajajdurbartimes

भिटामिन–ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम मंसिर ११ र १२ गते


भिटामिन–ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम मंसिर ११ र १२ गते

सरकारले यस वर्ष पहिलो चरणअन्तर्गत बालबालिकालाई भिटामिन–ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम मंसिर ११ र १२ गतेलाई तय गरेको छ। मंसिर ११ र १२ गते देशभर ६ देखि ५९ महिनासम्मका बालबालिकाहरूलाई भिटामिन ए र १२ देखि ५९ महिनासम्मका बालबालिकाहरूलाई जुकाको औषधि खुवाइनेछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् सबै स्थानीय तहहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउन आवश्यक तयारी गर्न भनेको छ।

स्वास्थ्य मन्त्रालयले भिटामिन ए क्याप्सुल खुवाउने समयमा यदि कुनै बच्चा वा स्याहारकर्तालाई ज्वरो आएको वा अन्य कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षणहरू देखिएको छ भने भिटामिन ए क्याप्सुल नखुवाउन भनेको छ।

ज्वरो निको भइसकेपछि मात्र नजिकको स्वास्थ्य संस्थाबाट भिटामिन ए क्याप्सुल खुवाउने जानकारी महिला स्वास्थ्य स्वयंसेविकाहरूमार्फत् सर्वसाधरणसम्म पुर्‍याउन स्वास्थ्य मन्त्रालयले भनेको छ।

मंसिर ११ र १२ गते भिटामिन एसँगै ६ देखि २३ महिनाका बालबालिकाहरूलाई लक्षित गरी बालभिटा वितरण गर्न पनि मन्त्रालयले भनेको छ।

1

पछिल्लो २४ घण्टामाथप ३२२ जनामा कोरोना संक्रमण पुष्टि

2

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

3

नयाँ उचाइमा स्थिर नेप्से

4

नेकपाका दुइ पक्षबीच कुटाकुट

5

प्रधानमन्त्री कपमा गण्डकीको पहिलो जित

6

समस्या आइरहने काठमाडाैँका ट्राफिक लाइट


Share Tweet Send