मध्य भियतनाममा पहिरो जाँदा कम्तीमा १६ जनाको मृत्यु


मध्य भियतनाममा पहिरो जाँदा कम्तीमा १६ जनाको मृत्यु

मध्य भियतनामको क्वाङनाम प्रान्तमा बिहीबार पहिरो जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको भियतनामको राज्य सञ्चालित समाचार संस्थाले समाचारमा जनाएको छ ।

नाम ट्रा जिल्लाको ट्रा भ्यान र ट्रा लेङ गाउँमा पहिरो जाँदा उनीहरूको मृत्यु भएको हो ।

पहिरोमा परी दर्जनौँ व्यक्तिहरू हराएको प्रारम्भिक रिपोर्टमा जनाइएको भएपनि तर केही व्यक्ति भागेर सुरक्षितस्थलमा बसेको भेटिएको उद्धारकर्मीले जनाएका छन् ।

वेपत्ता रहेका भनिएका केही मानिसको खोजी कार्य जारी रहेको छ ।

प्रधानमन्त्री नुयेन सुवान फुकले उद्धारकार्यलाई थप प्रभाबकारी बनाउन निर्देशन दियका छन् ।

विशाल आँधी मोलावीका कारण मध्य क्षेत्रमा मुसलधारे वर्षा र हुरीपछि आएको बाढीपछि उक्त क्षेत्रमा पहिरो गएको हो ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...