अस्ट्रियाको राजधानी भियनामा ‘आतंकवादी’ आक्रमण


अस्ट्रियाको राजधानी भियनामा ‘आतंकवादी’ आक्रमण

अष्ट्रियाको राजधानी भियनामा स्थानीय समय अनुसार सोमबार भएका विभिन्न आतङ्कवादी आक्रमणमा पाँचको मृत्यु भएको त्यहाँको प्रहरीले पुष्टि गरेको छ । उक्त घटनामा कम्तीमा १५ जना गम्भीर घाइते भएको बताइएको छ ।

विभिन्न स्थानमा भएका आतङ्ककारी हमलामा ईस्लामिक समूहले आक्रमण गरेको प्रारम्भिक अनुसन्धानपछि भियनाको प्रहरीले ट्वीटरमार्फत् उल्लेख गरेको छ ।

आतङ्ककारी आक्रमणपछि प्रहरीले गरेको प्रतिरोधका क्रममा कम्तीमा एक आक्रमणकारीको मृत्यु भएको छ । आक्रमणकारीले शरीरमा राखेको भनिएको ‘आत्मघाती विष्फोटक पदार्थ’ नक्कली भएको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीले आक्रमणकारीको घरसहित अन्य सम्लग्न मतियारहरूको आक्रमणका समय खिचिएको भिडियोका आधारमा खोजी गरिरहेको बताएको छ ।आक्रमणको विश्वव्यापीरूपमा निन्दा भएको छ ।

अफगानिस्तानमा विश्‍वविद्यालयभित्रै हमला: १९ जना मारिए, २२ घाइते
अफगानिस्तानको काबुल विश्वविद्यालयमा एक समुहले गोली प्रहार गर्दा १९ जना मारिएका छन् । २२ जना घाइते भएका छन् । अफगानिस्तानको गृहमन्त्रालयका प्रवक्ताका अनुसार विश्वविद्यालय परिसरमा अज्ञात ३ बन्दुकधारीले गोली चलाएका थिए । बन्दुकधारीले गोली चलाएलगत्तै छात्रछात्राहरुको भागदौड मच्चिएको थियो । सोमबार विश्व…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...