durbar-times

अविश्वासको प्रस्तावमा आजै निर्णय हुने


अविश्वासको प्रस्तावमा आजै निर्णय हुने

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आज निर्णय हुने भएको छ । सोमबारदेखि शुरु भएको प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत आजको बैठकमा प्रस्ताव सम्बन्धमा छलफल भई मुख्यमन्त्री गुरुङले जवाफ दिनेछन् । मुख्यमन्त्रीले जवाफ दिएपछि सो प्रस्तावमाथि निर्णय गरिने कार्यसूची छ ।

मङ्गलबारको बैठकमा नेकपा(एमाले)का प्रदेशसभासद्ले कोरोना परीक्षण नगरी बैठक बस्न नहुने जनाई अवरोध गरेपछि बैठक स्थगन भएको थियो । परीक्षण सम्बन्धमा सहमति जुटेपछि प्रदेशसभा सदस्य एवम् कर्मचारीको पिसिआर परीक्षणपछि आजको बैठक शुरु भएको हो । बैठकमा प्रस्ताव सम्बन्धमा छलफल चलिरहेको छ । ( रा स स )

1

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

2

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

3

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

4

कांग्रेस संसदीय दलको बैठक बस्दै

5

एनएसएल: आज दुई खेल, प्लेअफ पुग्नेको टुंगो लाग्ने

6

प्रिमियर लिग: लेष्टर सिटी न्युकासलसँग पराजित


Share Tweet Send