काठमाडौं । ४ दिन पहिला साउथका चर्चित कमेडियन व्रह्मानन्दमले आफ्नो हातले बनाएको एक स्केच अभिनेता अल्लु अर्जुनलाई गिफ्ट गरे ।
अल्लुले सोसल मिडियामा यसलाई शेयर गरे ।
यो स्केच व्रह्मानन्दमले ४५ दिन लगाएर बनाएका थिए ।
व्रह्मानन्दम र अल्लु अर्जुन क्लोज फ्रेण्ड हुन् । त्यसैले नयाँ वर्षको उपहारस्वरुप उनले यो गिफ्ट दिएका हुन् ।
उनी साउथ इण्डस्ट्रीमा ४० वर्ष काम गरिसकेका व्यक्ति हुन् । उनको नाममा १ हजार भन्दा धेरै फिल्ममा काम गरेको रेकर्ड छ ।