http://bit.ly/bajajdurbartimes

वासिङ्टन, राष्ट्रपति आवास, अमेरिका


वासिङ्टन, राष्ट्रपति आवास, अमेरिका

आइतबार छुट्टी हुने भएकाेले, राष्ट्रपति ट्रम्प शनिबार बिहानदेखि देखि नै मूडमा थिए । चुनाव जित्छु भन्ने कन्फिडेन्ट उस्तै थियाे । स्वकीय सचिवलाई बाेलाएर बेलुका पाटीकाे आयाेजना गर्ने व्यवस्था मिलाउनु भनेर अह्राए । "As you wish Boss!" आज्ञा तुरुन्त पालना भयाे ।

शनिबार साँझ अमेरिकी राष्ट्रपति निवासमा "न भूताे न भविष्यति" खालकाे भव्य पाटी आयाेजना भयाे ।

पूर्वराष्ट्रपति जर्ज डब्लु बुस, बाराक ओबामा आफ्ना श्रीमतीका साथमा उपस्थित थिए । राष्ट्रपतिका प्रत्याशी जाेए बाइडन पनि डाकिएका थिए । उपराष्ट्रपति उम्मेदवार  कमला ह्यारिस पनि थिइन् । प्रहरी प्रमुख, सेना प्रमुख, अनुसन्धान विभाग प्रमुख आदि सबै उपस्थित थिए ।

ट्रम्प अघि सरे, नेपालबाट प्रधानमन्त्री ओलीबाले उपहार पठाएको झ्वाइँखट्टे खाेले । सबैका गिलाँसमा हाले । अरुले अलिअलि चाखे र राखे । ट्रम्पले सट्ट पारेर पिए, अनि हा……… गर्दै टाउको हल्लाए । नेपाली लाेकल रक्सीले उत्तिखेरै ट्रम्प फिनिनि भए ।

Can i get snacks please? - कमला ह्यारिसनले रक्सीसँग खाने सीतन मागिन् । ट्रम्प राेमान्टिक भएर जिस्काउन थाले । जमानामा सुनेको नेपाली गीत याद आयाे, चर्काे स्वरले गाए -

के खान्छेउ कमला ? सुन्तला कि अमला ??? टुङ् टुङ्…………… !!

कमलाले चिकन ससेज खान खाेजिन् । ट्रम्पले फेरी नेपाली दाेहाेरी गाए -

पाेहाेर भेट्दा कमला, दिन्छु भन्थेउ मटन
खान्न म त मटन, देउ न बरू चिकन ………… !!

कमलाकाे धैर्य टुट्याे । भन्न केही सकिनन्, सायद गानाकाे भाव अश्लील रहेछ क्यारे, Excuse me भनेर छुट्टी लिएर हिँडिन् ।

बाराक ओबामा अफ्रिकन मूलका भएकोले क्यारेबियन डान्स गर्न लागे । जर्ज बुसले थपडी बजाए । टेबुलमा अब ट्रम्प र उनैका प्रतिस्पर्धी जाेए बाइडेन रहे ।

ट्रम्पले प्रस्ताव राखे - हेर जाए दाजी ! तिम्रो नामै जाेए । याे बुढेसकालमा enjoy नगरेर के फाल्तुमा चुनाव उठेकाे यार । घरै बस, enjoy गर । चुनाव म लड्छु । मै जित्छु ।

जाेएले प्रतिवाद गरे - तिम्रो पनि त नाम डाेनाल्ड हाे नि, जाऊ न म्याक डाेनाल्डमा गएर पिज्जा लुँड्याएर बस, किन चुनाव लड्छाै त । एकपटक जितिहालेउ, अब म लड्छु । म जित्छु । Joy always enjoys bro!

ट्रम्पले भने, बाइडेन ! Bye then !! कुखुराकाे तिघ्राे खाऊ, रक्सी खाऊ जाऊ । चुनाव त मैले नै जित्ने हाे ।

माहाैल खराब हाेला जस्ताे लागेर बाइडेन पनि उठेर हिँडे । बढी झ्याप भएकाे देखेर सहयाेगीहरूले ट्रम्पलाई उनी सुत्ने काेठामा लगेर सुताइदिए । ट्रम्प घुरीघुरी सुते ।

राती ट्रम्पले बडा अनाैठाे सपना देखे - उनी र जाेए बाइडेन अचानक मरेछन् । मरेपछि दुवै जनाकाे नेपालमा पुनर्जन्म भएछ । बाइडेन कता गए थाहा भएन, ट्रम्प चाहिँ नेपालकाे सुदूर पश्चिमकाे कर्णाली प्रदेशमा शाही खानदानमा जन्मेछन् । नाम - महेन्द्र शाही राखिएछ । उनी चुनाव जितेर मुख्यमन्त्री भएछन् । एकदिन घाेडा चढेर कतै जाँदै थिए । घाेडालाई खाेइ केमा रीस उठेकाे थियाे, अफ्ट्यारो बाटाेमा घाेडा छटपटायाे र उचालेर फालिदियाे - ड्याम्म ! अनि घाेडाले भन्याे - ट्रम्प ब्राे ! मेराे नाम जाेए बाइडेन हाे । याे जन्ममा घाेडा भएर जन्मेँ । तिमी म माथि चढिरहेका थियाै । सरी ब्राे !  म आफूमाथि गधा चढेकाे हेर्न सक्दिनँ ।

ट्रम्प झसङ्ग भए । ब्युँझिएछन् । रक्सीले छाेडेछ । उठेर टिभी खाेले - कान्तिपुर टेलिभिजन खुलेछ । प्रस्ताेता समा थापाले अङ्ग्रेजी समाचार भनिरहेकी थिइन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाही घाेडाबाट लडेर घाइते भएकाे खबर आइरहेकाे थियाे ।

हैट, सपना त नेपालमा पाे साकार भएछ त । मेराे चुनावकाे नतिजा के भयाे हाेला ?

चुनाव आयाेगका प्रमुखलाई फाेन गरेर सपना सुनाए । आयुक्तले भने - ब्राे ! यता पनि सपना सकार भयाे । बाइडेनले लडाइदिए त तिमीलाई । अब घर जाऊ र १ क्वाटर पिऊ, आराम गर !

ट्रम्पकाे ओठमुख सुक्याे ।
अमिलाे मन पार्दै ट्विटरमा स्टाटस पाेस्टिएर रक्सी खान थाले ………… ।

चिरन्जीवी ढकालका अन्य रचना पढ्नुहोस्

ओलीबाको अन्तर्वाता
पत्रकार: नमस्कार ! आराम हुनुहुन्छ ? ओलीबा: हजुर, कुप्रालाई उठी सुख न बसी सुख ! प्रचण्ड र माकुनेले हैरान पारेका छन् । पत्रकार: दशै कस्तो रह्याे ? ओलीबा: कस्ताे हुनु? टिका लगाइयाे । सेल खाइयाे । पत्रकार: अनि, घरमै बसेर टिका लगाउनु भनेर आफैले निर्देश गर्ने अनि आँफै राष्ट्रपतिकाेमा जाने ? ओलीबा: के…
जले विष्णुः स्थले विष्णुः सर्वम् विष्णुमयम् जगत् !
बालुवाटारकाे ६५ इन्च टिभीमा कमेडी शाे चलिरहेको बेला धार्मिक विज्ञापन आयाे । टिभी हेरिरहेका ओलीबा झसङ्ग भए । अहाे ! हाे त है, जलमा पनि विष्णु, स्थलमा पनि विष्णु, जता पनि विष्णु नै विष्णु रहेछन् तर मेराे क्याबिनेटमा मात्रै विष्णु छैनन् । कसरी डाकाैँ ? कुन मन्त्रले आवाहन गराैँ ? फेरी, कम्युनिस्ट भइ टाे…
के लाग्छ र! भाग्यमा नै ‘श्री’ लेखेपछि
स्वस्ति श्री गिरिराज चक्रचूडामणि………… समरविजयिनाम् ………… तपाईं श्री युवराज खतिवडालाई राष्ट्रिय याेजना आयाेगकाे सदस्यमा नियुक्त गरिएकाे छ । अहाे आश्चर्यम् ! खतिवडा बाजेकाे खुशीकाे सीमाना रहेन । गाेडा भुइँमा रहेनन् । १२२७ किलोमिटर प्रतिघन्टाकाे गतिमा गाडी भगाएर घरतिर टाप कसे । घरकाे आँगनमा गएर ७ फन्का…
राजधानी भालुवाङ
हिजो भर्खर हातकाे ४ लाखका हिसाबले ८० लाख मूल्य गरेर ग्राहकलाई जग्गा देखाएर घर आएका दले दाइ आज त्यही ग्राहकलाई जग्गा भिडाउन मालपाेत जाने तयारीमा थिए । काेराेनाकाे मन्दीले ५ महिनासम्म घरमा घिराैँला खाँदाखाँदा वाक्क भएको उनकाे जिब्रो घडेरी बिकेपछि मासु खान पाइने लाेभमा र्याल टप्काउँदै थियाे । बडा मुस्क…
एकपाखे
पानी परिरहेको दिन, लाेहीमुते गाेरूलाई ख्वाउने भनेर पारी पाखाबाट १ भारी घाँस सकी नसकी ल्याएँ। चिसापाखे भन्ने ठाउँबाट ल्याएको चीसाे पानीकाे छहरे धारामा सर्लक्क नुहाएँ । जिउ फुर्तिलो भयाे । बासी राेटी चियामा डाेबेर खाजा खाँदै टिभी हेर्न बसियाे । जन्ता जान्न चाहन्छ भन्दै टेलिभिजन सेटकाे एउटा कुर्सीमा …
1

पीएसजी शीर्ष स्थानमा,पोचिटिनो नेतृत्वको ७ खेल अपराजित

2

हिन्दी अन्तर्वार्ता

3

सिंगटी हाइड्रोको आईपीओ बिक्री खुल्ला

4

डिम्याट खाता खोल्नेको संख्या २५ लाख,इन्फ्रास्ट्रक्चरको आइपीओले रेकर्ड राख्ने पक्का

5

नेकपा विभाजन हुनु राजावादीको षड्यन्त्र हो: गृहमन्त्री थापा

6

देशभर आजको मौसम यस्तो छ


Share Tweet Send