सबै खालका क्रिकेटबाट वाट्सनको संन्यास (भिडियो सहित)


सबै खालका क्रिकेटबाट वाट्सनको संन्यास (भिडियो सहित)

अस्ट्रेलियाली ब्याट्सम्यान तथा अलराण्डर शेन वाट्सनले सबै खालका क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) चेन्‍नई सुपर किङ्सबाट खेलेका उनले सोमबार कुनै प्रतियोगिता नखेल्ने भन्दै खेल जीवनबाट संन्यास लिएका हुन् ।

उनी ३९ वर्षका भए । उनले एक भिडियोमार्फत सन्न्यासको घोषणा गरेका हुन् । वाट्सनले अन्तर्राष्ट्रिय क्रिकेटबाट २०१६ मा संन्यास लिएका थिए । त्यसपछि आईपीएललगायत केही प्रतियोगिता खेल्दै आएका थिए । तर, अब भने उनले क्रिकेट खेलाडीको रुपमा आफ्नो करियरको बिदाइ गरेका छन् ।

उनले अस्ट्रेलियाका लागि ५९ टेस्ट खेल्दै ३ हजार ७३१ रन बनाएका छन् । त्यस्तै १९० एकदिवसीयमा ५ हजार ७ सय ५७ रन बनाएका छन् । अस्ट्रेलियाका लागि ५८ टी-२० खेलेका उनले १ हजार ४६२ रन बनाएका छन् । वाटसनले टेस्टमा ७५, वानडेमा १६८ र टी २० मा ४८ विकेट लिएका छन् ।

उनले आईपीएल करियरमा तीन हजार आठ सय ७४ रन बनाउँदै ९२ विकेट पनि लिएका छन् । चेन्नईसँग जोडिनुअघि वाट्सनले राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोरबाट पनि खेलिसकेका थिए । उनले सन् २००८ मा आईपीएलको उद्घाटन संस्करणमा रोयल्सलाई उपाधि जिताउन पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले २०१८ को आईपीएल उपाधि चेन्‍नईले जित्दा फाइनलमा सनराइजर्स हैदराबादविरुद्ध ११७ रनको शतकीय पारि खेलेका थिए ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...