durbar-times

आइपिओ भनेकाे के हाे ? कसरी लगानी गर्ने ? किन लगानी गर्ने ?


आइपिओ भनेकाे के हाे ? कसरी लगानी गर्ने ? किन लगानी गर्ने ?

अहिले नेपालमा शेयर बजारकाे छुट्टै राैनक देख्न पाइन्छ । चिया पसलदेखि सरकारी कार्यालयहरूसम्म यसकाे चर्चा सुन्न पाइन्छ । सरकारी कार्यालयहरूमा त अहिले कर्मचारीहरूले कार्यालय समयमा शेयर काराेबार गर्न नपाइने नियम लागु भएकाे छ। तरपनि जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै काराेबार भने भइरहेकाे छ।

घरमा आइपिओ , बजारमा आइपिओ, पसलमा आइपिओ हुँदा हुँदा कार्यालयमा समेत आइपिओकै चर्चा । के हाे त आखिर याे आइपिओ भनेकाे ? यही प्रश्नकाे उत्तर दिनका लागि याे लेख तयार पारिएकाे छ

के हाे आइपिओ (IPO) ?
आइपिओ (IPO) अंग्रेजीमा यसलाई इनिसियल पब्लिक अफरिङ् भनिन्छ । नेपालीमा आइपिओ भनेकाे प्राथमिक निष्कासन हाे ।

कुनैपनि संस्थाले सर्वसाधारण लगानीकर्तासँग लगानी संकलन गर्ने उद्देश्यले पहिलाेपटक निष्कासन गरेकाे धिताेपत्र नै आइपिओ हाे । संस्थाहरूले आफ्नाे संस्थाकाे वृद्धिविकास गर्न तथा संस्थालाई विस्तारित गर्न आवश्यक पर्ने लगानी सर्वसाधारण लगानीकर्ताहरूबाट उठाउने गर्दछन् ।

आइपिओ किन जारी गरिन्छ ?
कुनैपनि संस्था सञ्चालन गर्नका  लागि लगानीकाे आवश्यकता पर्ने गर्छ । संस्था स्थापना गरिसकेपछि संस्थालाई चलायमान गराउनका लागि पनि यसकाे आवश्यकता पर्दछ ।

यसरी  स्थापना गरिएकाे संस्थामा सर्वप्रथम केही संस्थापकहरूले लगानी गर्छन् । संस्थालाई एक तहसम्म लैजान उनीहरूले संकलन गरेकाे लगानी पर्याप्त हुन्छ । तर, त्यसपछि उक्त लगानी अपुग हुन्छ ।

दाेश्राे चरणमा संस्थाकाे प्रगति र भविष्यबाट आशावादी भएर विभिन्न व्यक्तिहरूले लगानी गर्छन् र संस्था अर्काे तहसम्म पुग्न सक्षम हुन्छ । तर, फेरी संस्था त्यहाँभन्दा माथी पुग्न थप लगानी आवश्यक हुन्छ ।

तेश्राे चरणमा विभिन्न अन्य संस्थाहरूले लगानी गर्छन् । भविष्यमा प्रतिफलकाे आशा राखी संस्थाहरूले गर्ने लगानीले पनि संस्थापकहरूकाे सपनालाई साकार पार्न असमर्थ हुने भएपछि अब जाेखिम बहन गर्नसमेत संस्थापकहरू तयार देखिँदैनन् र सर्वसाधारणसँग पुग्छन् । त्यसपछि चाैथाे चरणमा संस्थालाई विकाश र विस्तार गर्न आइपिओ जारी गर्छन् ।

समग्रमा भन्नुपर्दा वित्तीय जाेखिम बहन क्षमता कम गर्न र सर्वसाधारण जनताबाट धेरैभन्दा धेरै लगानी संकलन गर्न आइपिओ जारी गरिन्छ ।

त्यस्तै अन्य बैंक तथा वित्तीय संस्थाहरूबाट रकम लाेन लिँदा संस्थाहरूले ब्याज तिर्नुपर्ने हुन्छ । तर सर्वसाधारण लगानीकर्ताहरूसँग लगानी संकलन गर्दा ब्याज तिर्नुपर्दैन ।

आइपिओमा किन लगानी गर्ने ?
नेपालमा पछिल्लाे समय १०० रूपैँया प्रतिकित्ता आइपिओ बिक्री भैरहेकाे छ । भर्खरैमात्र बिक्री भएकाे रूरू जलविद्युत परियाेजनाकाे भने २० रूपैँया प्रिमियम मूल्य राखेर प्रतिकित्ता १२० रूपैँयामा आइपिओ बिक्री भएकाे छ । अन्यथा १०० रूपैँया प्रतिकित्तामा नै आइपिओ बिक्री भैरहेकाे छ ।

हाल आइपिओ बिक्री भएर दाेस्राे बजारमा काराेबार भैरहेका संस्थाहरूकाे कम्तीमा पनि ४०० प्रतिशत बढीमा काराेबार भैरहेका छन् । चन्द्रागिरी हिल्सकाे त झन् २००० प्रतिशतभन्दा बढीमा काराेबार भैरहेकाे छ ।

यसरी हेर्दा आइपिओमा लगानी गर्दा जाेखिम कम हुन्छ । पछिल्लाे समयमा हेर्दा छाेटाे समयमा नै राम्राे प्रतिफलका लागि आइपिओमा लगानी गर्दा सहज हुन्छ ।

आइपिओमा आवेदन दिन (लगानी गर्न)  के के  आवश्यक पर्छ ?
आइपिओमा आवेदन दिन सर्वप्रथम तपाइँसँग बैंक अकाउन्ट हुनु पर्छ । त्यसपछि शेयर अकाउन्ट अर्थात डिम्याट अकाउन्ट खाेल्नुपर्छ । यसका लागि तपाइँ सम्बन्धित बैंक अथवा बैंककाे सहायक क्यापिटल कम्पनी जानुपर्छ । त्यहाँ गइ डिम्याट अकाउन्ट खाेली सिआरएन नम्बर लिएपछि तपाइँले आइपिओमा आवेदन दिन पाउनुहुन्छ ।

यदि तपाइँ माेबाइलबाटै अथवा अनलाइनबाट आइपिओ भर्न चाहनुहुन्छ भने त्यही क्यापिटल अथवा बैंकबाट मेराे शेयरकाे फारम भरी आइडि पासवर्ड लिइ सजिलै माेबाइल र अनलाइनबाट भर्न सक्नुहुन्छ ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send