http://bit.ly/bajajdurbartimes

सरकारले खोप ल्याउन सक्रियता बढायो, कहिलेसम्म आउला ?


सरकारले खोप ल्याउन सक्रियता बढायो, कहिलेसम्म आउला ?

राजधानी न्यूज, काठमाडाैं । नेपालमा कोरोनाविरुद्धको खोप ल्याउने विषयमा सरकारका सरोकारवाला निकायले सक्रियता बढाएका छन् । सरकारी अधिकारीले अबको ३–४ महिनाभित्रै खोप ल्याउन सक्ने गरी आवश्यक गृहकार्य अघि बढाइएको दाबी गरेका छन् ।

उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले शुक्रबार सरोकारवाला मन्त्रालयका मन्त्री र सचिवसँग कोरोनाविरुद्धको खोप ल्याउन थालिएको महŒवपूर्ण कदमबारे जानकारी लिँदै खोप समयमै ल्याउने गरी अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको समेत जिम्मेवारी हेर्दै आइरहेका उपप्रधानमन्त्री पोखरेलले कोरोना खोपसँग सम्बन्धित विषयमा गृह, अर्थ, परराष्ट्र, संघीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य र पर्यटन मन्त्रालयका मन्त्री र सचिवसँग गहन छलफल गर्दै खोप ल्याउने सम्बन्धमा सशक्त गृहकार्य अघि बढाउन आवश्यक निर्देशन दिएका छन् । पोखरेलले खोप ल्याउने गृहकार्य गर्दा कुनै समस्या परेमा त्यो समस्याको गाँठो फुकाउन प्रधानमन्त्री कार्यालय हरपल तयार रहेकाले सोहीअनुसार अघि बढ्नुपर्ने आवश्यकता आंैल्याए ।

जनतालाई खोप निःशुल्क उपलब्ध गराउने विषयमा आवश्यक छलफल गरिएको हो । त्यसबाहेक सरकारका अन्य निर्णयको कार्यान्वयनबारे अनौपचारिक छलफल गरेका हाैं ।
ईश्वर पोखरेल, उपप्रधानमन्त्री

उपप्रधानमन्त्री पोखरेलले जनतालाई समयमै खोप उपलब्ध गराउनुपर्ने सरकारको दायित्व रहेकाले सोहीअनुसार एकीकृत रूपमा लाग्नुपर्ने बताए । उनले जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउने बारेमा सीसीएमसीमा आबद्ध मन्त्रीहरूसँग सरकारका पछिल्ला निर्णय र प्रगतिबारे जानकारी लिएका थिए । ‘जनतालाई निःशुल्क खोप उपलब्ध गराउने विषयमा आवश्यक छलफल गरिएको हो । त्यसबाहेक सरकारका अन्य निर्णयको कार्यान्वयनाबरे अनौपचारिक छलफल गरेका हांै,’ उपप्रधानमन्त्री पोखरेलले भने ।

बैठकमा उपस्थित सरोकारवाला मन्त्रीहरूले आ आफ्नो मन्त्रालयबाट कोभिड व्यवस्थापन तथा खोप व्यवस्थापनबारे भइरहेको प्रगतिबारे जानकारी गराएका थिए । सो बैठकले कोभिड नियन्त्रणका सम्बन्धमा सरकारद्वारा भइरहेका कार्यहरूको जानकारी जनस्तरमा नियमित रूपमा नै गराउने निर्णय गरेको छ ।

सीमाबिन्दुमा हेल्थ डेस्क स्थापना गर्ने गरी उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार करार सेवामा नियुक्त गर्ने बारेमा समेत बैठकमा आवश्यक छलफल भएको थियो । साथै, कोभिड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको भत्ता सम्बन्धमा देखा परेका व्यावहारिक कठिनाइलाई समाधान गर्ने गरी अघि बढ्ने निर्णयसमेत भएको छ । कोभिड कोषमा भएको रकम र खर्च विवरण समेत जनतासमक्ष सार्वजनिक गर्ने निर्णय बैठकले गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाइले खोप व्यवस्थापनबारे छलफल भए पनि नेपालमा कहिलेसम्म खोप आइपुग्छ भन्नेमा अनुमान गर्न कठिन भएको बताए । ‘खोप बनाएका देशहरूसँग आवश्यक समन्वय गरेर ल्याउनुपर्ने भएकाले केही समय लाग्न सक्छ । कुन देशको खोप ल्याउने भन्नेबारे अहिलेसम्म निक्र्योल भइसकेको छैन,’ सचिव गुरागार्इंले राजधानीसँग भने ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठी, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र पर्यटनमन्त्री योगेश भट्टराईको सहभागिता रहेको थियो । मुख्य सचिव शंकरदास वैरागी र प्रधानमन्त्री कार्यालयलगायतका सचिवको समेत सहभागिता रहेको थियो ।

1

सिंगटी हाइड्रोको आईपीओ बिक्री खुल्ला

2

डिम्याट खाता खोल्नेको संख्या २५ लाख,इन्फ्रास्ट्रक्चरको आइपीओले रेकर्ड राख्ने पक्का

3

नेकपा विभाजन हुनु राजावादीको षड्यन्त्र हो: गृहमन्त्री थापा

4

देशभर आजको मौसम यस्तो छ

5

आजको राशिफल

6

पिएसजीका प्रशिक्षकलाई कोरोना भाइरस,अन्य यी खेलाडी पनि संक्रमित


Share Tweet Send