http://bit.ly/bajajdurbartimes

कहिले खुल्छ ड्राइभिङ लाइसेन्स ट्रायल ? यसो भन्छ प्रदेश सरकार


कहिले खुल्छ ड्राइभिङ लाइसेन्स ट्रायल ? यसो भन्छ प्रदेश सरकार

काठमाडौं | सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स ट्रायल) अझै तीन महिना नखुल्ने भएको छ ।

जाडो महिनाभरी कोरोना भाइरसको जोखिम उच्च रहने भएकाले  अझै तीन महिना अनुमति पत्र नखोल्नका आन्तरिक छलफल भएको  यातयात व्यवस्था  विभागले जनाएको छ ।

ड्राइभिङ लाइसेन्स ट्रायल खोल्ने अधिकार  प्रदेशको भौतिक मन्त्रालयलाई मात्र हुन्छ । प्रदेशले खोल्ने अधिकार दिएपछि मात्र यातायात व्यवस्था विभागले अनलाइनप्रणालीलाई अनुमति दिने गर्दछ। विभागले भने प्रदेश सरकारले नै खोल्ने अनुमति नदिएको बताए पनि बागमती  प्रदेशको भौतिक पूर्वधार मन्त्रालयले मंसिर  २५ गते नै  विज्ञप्ति जारी गर्दै खोल्नका लागि अनुमति दिएको छ ।

कोरोना भाइरसका कारण  चैतदेखि रोकिएको ड्राइभिङ लाइसेन्सका लागि ट्रायल खुलाउनका लागि यातायात व्यवस्था विभागले कुनै ठोस निर्णय लिन नसकेको हो ।

प्रदेश सरकारसँग  बुझ्दा  प्रदेशसँग कुनै सरोकार नै नभएको  प्रदेश तीनका भौतिक  प्रवक्ता नविनकुमार सिंहले बताए ।

‘प्रदेशबाट रोकिएको नै छैन । विभाग आफैले सुरुदेखि बन्द गरेको  हो । प्रदेशसँग कुनै सरोकार  नै छैन, तर पनि हामीले विज्ञप्ति जारी गरेर ध्यानकर्षण गराएका  छौं,’ अनलाइन सिस्टम खोल्ने जिम्मा विभागको हो उतै बुझ्नु,’ सिंहले भने ।

यसरी हेर्दा विभाग प्रदेश मन्त्रालयबीच एकअर्कालाई दोष देखाउदै हजारौं सेवाग्राहीहरुलाई प्रभावित बनाउने काम भएको छ ।

सरकारले असोज १ देखि प्रायः सबै क्षेत्रमा बन्दबन्दी तथा निषेधाज्ञा अन्त गरेपनि यातायात व्यवस्था विभागले भने कहिलेदेखि ड्राइभिङ लाईसेन्सको ट्रायल खुलाउने भन्ने टुंगो लगाउन नसकेको हो ।

नयाँ लाइसेन्सको लागि ट्रायल नखुल्दा  नयाँ लाइसेन्स छपाईको काम नरहेको विभागले जनाएको छ ।

1

चेल्सीद्वारा मुख्य प्रशिक्षक लाम्पार्ड बर्खास्त

2

ओलीको प्रचण्डलाई व्यंग्य:‘तिल्के गोरुको सिंग फुक्लिसके,धाकधक्कु नलगाए हुन्छ’

3

उखु किसानको बाँकी रकम चाँडो वितरण गराउन गृहमन्त्रालयको निर्देशन

4

पछिल्लो २४ घण्टामा ३ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि

5

चौतारामा बसेर अध्यक्ष घोषणा गरेका थिए,निर्वाचन आयोगले खत्तम पार्दिएछ:प्रधानमन्त्री ओली

6

निरन्तर उकालो लागेको नेप्से हालसम्मकै उच्च विन्दुमा


Share Tweet Send