'लकडाउन' मुद्दाबाट पछि हट्यो विश्व स्वास्थ्य संगठन


'लकडाउन' मुद्दाबाट पछि हट्यो विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठन कोविड १९ (कोरोना भईरस) महामारी सम्बन्धि आफ्नो  बयानहरुबाट निरन्तर पछी हटिरहेको छ । भर्खरै विश्व स्वास्थ्य संगठनका डिरेक्टर जनरल डा. डेविड नाबारोले विश्वका नेताहरुलाई देश र अर्थतन्त्रलाई लक नगर्न आग्रह गरेका छन्।

डब्लुएचओका डा. डेविडले अक्टाेबर ११ मा विश्वका नेताहरुलाई सम्बोधन गर्दै,"लकडाउनलाई कोरोना रोकथामको प्राथमिक तरिका मान्न बन्द गरौँ" भनेका थिए। प्रभावमा परेका सम्भावित जीवन बारे केहि उल्लेख नगरी उनले यो पनि दाबी गरे की, "लकडाउनबाट प्राप्त भएको गरीबी मात्र हो"।

"लकडाउनबाट एकमात्र परिणाम निस्कन्छ जसलाई कम गर्न सकिन्न,  त्यो हो गरिबी ", उनले भने, "हामी विश्व स्वास्थ्य संगठनमा लकडाउनलाई, महामारी रोकथामको प्राथमिक मुद्धा भने कहिले पनि  बनाउँदैनाैँ "।

डा. नाबारोले दि स्पेक्टेटरलाई भनेका छन्, "हामीले लकडाउनलाई तब समाधान मान्छौँ जब तपाईले लकडाउनका कारण पुनः व्यवस्थापन र समाधानको लागि समय पाउनुहुन्छ, आफ्ना स्वास्थ्यकर्मीको पर्वाह गर्न, सुरक्षामा ध्यान दिन पाउनुहुन्छ । तर निरन्तर लकडाउनको नीति प्रति हामी कदापि पनि सहमत छैनौँ।"

डा. नाबाराेकाे लकडाउन सम्बन्धि आलोचनाको मुख्य कारण भने विश्वकाे गरिव अर्थतन्त्रमाथि परेको प्रत्यक्ष्य वा अप्रत्यक्ष्य प्रभाव रहेको थियो।

उनले  केहि देशहरुको उदाहरण पेश गर्दै भने , "लकडाउनले गर्दा मानिसहरु बिदा लिइरहेका छैनन् जसले गर्दा क्यारेबियनको पर्यटनमाथि कस्तो प्रभाव पर्यो हेर्नुस, अझ प्यासिफिकमा हेर्नुस।"

उनले विश्वका गरिब किसानहरूलाई इङ्गित भने "हेर्नुस यी गरिब किसानहरु, उनीहरुको गरिबी झन् कुन तहसम्म गिर्दै गइरहेकोछ, येस्तो लाग्छ कि विश्वको गरिबी दोब्बर हुने वाला छ। अब हामीले बालबालिका कुपोषणलाई सायद अझै दोब्बर बनाउदैछौं।"

उनले मेलबर्नको लामो र कडा लकडाउन, चाइनामा ढोकामा वेल्डिङ्नै गरेर जनता थुन्नु, स्पेनमा पाल्तु जनावर घुमाउन बाहेक निस्किन नदिनु आदीलाई निकै कडा लकडाउनकाे संज्ञा दिँदै भने, "डब्लुएचओले यस्तो लकडाउनलाई अनावश्यक मान्दछ।"

अहिले डा. नाबाराे कुनै नयाँं तरिकाको महामारी नियन्त्रण विधिबारे वकालत गर्दै भन्छन्, "त्यसैले हामी विश्व का सम्पूर्ण नेताहरुमा म यो माग गर्छु , लक डाउनले महामारी नियन्त्रणको प्राथमिक तरिका बनाउन बन्द गरौँ, अन्य तरिकाको विकास गरौँ। अन्य तरिकाको विकास गरौं। सहकार्य गराउन र एक अर्काबाट सिक्दै जाउँ"

न्युज डट कम डट एयुबाट भावानुवाद


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...