कोभिड–१९ बाट विश्व स्वास्थ्य सङ्गठनका ६५ कर्मचारी सङ्क्रमित


कोभिड–१९ बाट विश्व स्वास्थ्य सङ्गठनका ६५ कर्मचारी सङ्क्रमित

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का ६५ जना कर्मचारी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । संगठनका अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म संगठनका ६५ जना सङ्क्रमित भएका हुन् ।

उनीहरु सबै जना संगठनको केन्द्रीय कार्यालय जेनेभामा कार्यरत कर्मचारी रहेको पनि अधिकारीहरुले बताएका छन् ।  संगठनका केही कर्मचारी घरबाटै काम गर्दा र केही कर्मचारी फिल्डमा काम गरेका बेला सङ्क्रमित भएको जनाइएको छ ।

डब्लुएचओले सामाजिक सञ्जाल ट्वीटरबाट दिएको जानकारी अनुसार सङ्क्रमण पुष्टि भएका सवैलाई पर्याप्त उपचारको व्यवस्था गरिएको छ ।  त्यसैगरी उनीहरुसँग सम्पर्कमा रहेकाहरूलाई पनि परीक्षण गराउने र स्वास्थ्य सतर्कता अपनाउन लगाउने पनि गरिएको डब्लुएचओले जनाएको छ ।

विश्वव्यापीरूपमा फैलिएको महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि नेतृत्वदायी भूमिका खेल्दै आइरहेको अन्तर्राष्ट्रिय संस्थाका कर्मचारी नै सङ्क्रमित हुनुलाई अर्थपूर्ण रुपमा लिने गरिएको छ ।  जोन हकिङ्स विश्वविद्यालयका अनुसार विश्वभरी अहिलेसम्म कुल पाँच करोड ४६ लाख ७८ हजार १५९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये १३ लाख २१ हजार ४०३ जनाको मृत्यु भएको छ ।

डब्ल्यूएचओले सन् २०२० को अन्तिमसम्म खोप तयार हुन सक्ने विश्वास व्यक्त
एजेन्सी, २२ असोज । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सन् २०२० को अन्तिमसम्म खोप तयार हुन सक्ने विश्वास व्यक्त गरेको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम गेब्रेयेससले मंगलबार यस वर्षको अन्तिमसम्ममा खोप आउन सक्ने आशा रहेको बताए। गेब्रेयेससले खोप उपलब्ध भएसँगै समान वितरणका लागि विश्वभरका नेताहर…
विश्व स्वास्थ्य संगठनद्धारा आगामी महिना कोभिडको समस्या थप बढ्ने चेतावनी
मस्को । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन् । उनले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि विश्वका देशहरुलाई आग्रह पनि गरेको बताएका छन् । महानिर्देशक गेब्रेयसले विश्वमा कोभिड १९ को समस्या हल भ…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...