कोरोना संक्रमितको सम्पर्कमा आएपछि डब्लुएचओ प्रमुख क्वारन्टीनमा


कोरोना संक्रमितको सम्पर्कमा आएपछि डब्लुएचओ प्रमुख क्वारन्टीनमा

विश्व स्वास्थ्य संगठन प्रमुख टेड्रोस अधनोम ग्रेब्रेसियस होम क्वारन्टीनमा बसेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले आफु कोरोना संक्रमितको सम्पर्कमा आएपछि सेल्फ क्वारन्टीनमा बसेको जनाकारी दिएका हुन् ।

आफूले कोरोना संक्रमितलाई भेटेको र अहिले क्वारेन्टीनमा बसेको जनाएका छन् । उनले भने, "म पूर्णरुपमा स्वस्थ छु र कुनै लक्षण छैन ।" डब्लुएचओको प्रोटोकल अनुसार उनले  घरमा नै बसेर काम गर्ने बताएका छन् ।

संक्रमण रोक्न अब लकडाउन गर्नुपर्दैनः डब्लुएचओ
न्यूयोर्क– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मानिसहरूले कोरोनाभाइरसका रोकथामका उपायहरूलाई पूर्ण रूपमा पालना गरेमा भाइरसको संक्रमण रोक्न विभिन्न देशहरूले लागू गरेका राष्ट्रव्यापी लकडाउन र प्रतिबन्धहरू गर्नु पर्ने आवश्यकता नरहने जनाएको छ। पछिल्लो समय यूरोपका स्पेन, इटली, फ्रान्स लगायत विभिन्न देशहरू…
ब्रिटेनका राजकुमार विलियमलाई कोरोनाभाइरस सङ्क्रमण
ब्रिटेनका राजकुमार विलियमलाई गत एप्रिल महिनामै कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको ब्रिटिश राजदरबारका स्रोतहरूले बीबीसीलाई बताएका छन्। उनलाई एप्रिलमा बुवा प्रिन्स अफ वेल्स चार्ल्सलाई सङ्क्रमण भएताका नै सङ्क्रमण देखिएको बताइएको छ। यो विषयबारे पहिलो पटक समाचार छापेको सन पत्रिकाका अनुसार ३८ वर्षीय विलियम…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...